लकडाउनमा तरकारी बेच्दै शिक्षक, हप्तामा ५० हजार कमाइ

लकडाउनमा तरकारी बेच्दै शिक्षक, हप्तामा ५० हजार कमाइ
+
-

सिमकोट-कोरोना कहरले विद्यालय बन्द हुँदा शिक्षकले बारीमा लगाएको तरकारी बिक्रीबाट सातामा ५० हजार आम्दानी गर्न थालेका छन्।

विद्यालय सुरु भएको केही दिनमै कोरोनाका कारण बन्द भएपछिबारीमा लगाएको तरकारी बचेचेर सिमकोट गाउँपालिका-६ को कालाशिल्ता आधारभूत विद्यालयका शिक्षक शक्ति सिंह रावतले एक हप्तामा पचास हजार आम्दानी गर्न थालेका हुन।

उनले देशसञ्‍चारसँग कुरा गर्दै भने, ‘ कोरोनाले विद्यालय बन्द भइहाल्‍यो। त्‍यसपछि बारीमा फलेको तरकारी बेच्‍ने निधो गरे। अहिले हप्तामा ५० हजार आम्दानी हुन थालेको छ।’

उनले बारीमा काउँली, टमाटर, बन्दा, गाँजर, धनिया र मुला लगाएका छन्। उनी भन्छन्, ‘विगतका वर्षमा पनि तरकारीबाट राम्रै कमाई भएको थियो।यसपाली त झन लकडाउनको सदुपयोग गरेर तरकारी उत्पादनमा लागे।’

उनका अनुसार तीन ठाउँको जमिनबाट तरकारी उत्पादन गर्न थालेकाछन्। अरु बेला बिहान र बेलुका मात्र तरकारी खेतीमा ध्‍यान दिने शक्ति रावतले यसपाली भने बिहानदेखि बेलुकासम्मै तरकारी खेतीम समय बिताउँदै आएका छन्।

उनी भन्छन्, ‘लकडाउनमा बाहिर जान पनि भएन। त्‍यसकारण आफ्‍नै बारीमा तरकारी लगाउने सोच बनाए। अहिले तरकारी खेतीबाट चार देखि पाँच लाखसम्म कमाई सोचेको छु’

बारीमा उत्पादन भएको तरकारी किन्‍न उनको घरमै आइपुग्छन कोहीले भने फोनमार्फत अर्डर गर्छन्। त्‍यसपछि उनले फोनबाटै अर्डर लिने र ग्राहकको घरसम्म पुर्‍याउँदै आएका छन्।

साढे दुई रोपनी जमिनमा तरकारी लगाएर बिक्री सुरु गरेका रावतलाई जिल्ला कृषि बिकास कार्यालयले पनि बीउ, औजार तथा पाईप सहयोग गरेको छ। कार्यालय प्रमुख चन्द्रभुषण झाले भन्छन्, ‘रोजगारीभन्दा पनि मिहेनति किसानका रुपमा देखेपछि कार्यालयले उहाँलाई केही सपोर्ट गरेको हो।’

तरकारी खेतीलाई अब थप नयाँ तरिकाले उत्पादन गरी आयात बढाउने शिक्षक शक्तिको भनाइ छ। उनी भन्छन्, ‘अब विद्यालय नखुलुञ्‍जेल यही तरकारी बेच्छु।मिहेनत गर्छु र कृषिबाटै आम्दानी बढाइ आत्मनिर्भर गर्न अरुलाई पनि सल्लाह दिन्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?