
सिमकोट – एक हप्तायता हुम्लामा मोबाइलमा घण्टी जाने, फोन उठ्ने तर आवाज नसुनिने समस्या आएको छ । आवाज नसुनिए पनि पैसा भने काटिने गरेको स्थानीयले गुनासो गरेका छन् ।
नेपाल टेलिकमको मोबाइल नेटवर्कले काम नगर्दा सेवाग्राहीहरुले हैरानी खेप्नु परेको मात्र छैन आर्थिक क्षति पनि व्यहोर्नुपरिरहेको छ ।
सेवाग्राही मन्दिर सिंहले नेपाल टेलिकमको मोबाइल नेटवर्कमा एक हप्तायता पहिलो कल सम्पर्क हुन सकेन भन्ने त्यपछि रिङटन अस्पष्ट आउने र फोन उठे आवाज नसुनिन समस्या रहेको बताए ।
पटक पटक कल गर्दा पनि फोन नलाग्ने र लागि हाले राम्रोसँग नसुनिने समस्या रहेको सेवाग्राहीको गुनासो रहेको छ ।
घण्टी जाने तर आवाज नसुनिने सामान्य जस्तै भएको गुनासो अर्का सेवाग्राही लोकजन रोकायाको छ । उनले एक सय रुपैयाँको रिचार्ज गरेको तर दुई मिनेट पनि कुराकानी नहुँदै उक्त रकम सकिएको गुनासो गरे ।
तर यता नेपाल टेलिकम हुम्लाले भने नेटवर्क खराबीको समस्याबारे गुनासो नआएको जनाएको छ।