सिमकोट-खार्पु सडक निर्माणमा राज्यको ढुकुटीमाथि दोहन

सिमकोट-खार्पु सडक निर्माणमा राज्यको ढुकुटीमाथि दोहन
+
-

सिमकोट – सिंगो कर्णाली प्रदेशका लागि बहुउपयोगी मानिएको कर्णाली करिडोर अन्तर्गत सिमकोट खार्पु खण्डको सडक निर्माणका लागि राज्यको ढुकुटी माथि चरम दोहन भएको छ । एउटै खण्डका लागि दुई डीपीआर निर्माण गरि सडक निर्माण गर्ने कार्य भैरहेकोले राज्यको ढुकुटीमा दोहन भएको हो ।

आर्थिक वर्ष ०७०/०७१ बाट तत्कालीन जिल्ला विकास समिति अन्तर्गत ड्रिल्प प्रोजेक्टबाट कर्णाली करिडोरको सिमकोट-खार्पु खण्डको डीपीआर तयार गरि सडक निर्माण गरेर हाल आन्तरिक रुपमा सडक सञ्चालन भैरहेको छ ।

१० किलो मिटर लम्बाई भएको सडक निर्माण गर्न १८ करोड लागत लागेको छ । चार देखि पाँच मिटर चौढा सडकलाई सिमकोट र खार्पुनाथ गाउँपालिकाले पनि दुई वर्ष अगाडि मर्मत समेत गरेका थिए । उक्त खण्डको सडक निर्माण गर्दा ३० घरधुरीको नौ हजार वर्ग मिटर जमिन गएको छ । सो जग्गा न्यूनतम क्षतिपूर्ति पाएर सडकको नाममा जग्गा पास भएको हो ।

हाल पनि उक्त खण्डको सडक विस्तारका लागि पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा सडक मर्मत संहार समूह लगाएर सडक सफा गर्ने र टेण्डर आव्हान गरेर ३५ लाखमा सोही सडकको विस्तार गर्ने कार्य भैरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले बताए । कार्यालयले अब सो सडकका लागि बर्सेनि रुपमा मर्मत तथा विस्तारका लागि काम गर्नेछ ।

डीपीआर तयारी खर्च, सडक निर्माण र मर्मत तथा विस्तारका लागि खर्च भैरहेको सोही खण्डमा हिल्सा सिमकोट सडक आयोजनाले उक्त डीपीआरलाई नमान्ने भन्दै नयाँ र गोप्य डीपीआर सेवाग्राहीहरुलाई समेत छलफल र जानकारी नदिएर तयार गरि कार्यान्वयनमा ल्याएको सिमकोट गाउँपालिका वडा नम्बर ५ का बासिन्दा तीर्थराज रोकायाले बताए ।

आयोजनाले सो डीपीआरलाई कार्यान्वयन गर्न भन्दै अन्यत्रबाट सडकको लोकेशन दिएर १२ किलो मिटर लम्वाई पुर्याएको छ । जब कि यस अघि ड्रिल्पी कार्यक्रमबाट निर्माण गरिएको सडक १० किलो मिटर मात्र रहेको छ । उक्त सडकलाई सडक विभागले मान्यता नदिएको भन्दै आयोजनाले नयाँ डीपीआर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यसका लागि १३ करोडमा टेण्डर आव्हान भएर करिब दश करोडमा बिड एमाण्ट भएको निर्माण कम्पनी छनौट समेत भएर खार्पुबाट सिमकोट गाउँपालिका वडा नम्बर ४ को स्याम्ने हुँदै सिमकोट गाउँपालिका वडा नम्बर ५ को ठ्यालेचौरसम्म निर्माण कार्य समेत गरेको छ ।

सो क्षेत्रबाट आयोजनाले नयाँ डीपीआर अनुसार खेततर्फ सडक निर्माण गर्न खोज्दा स्थानीयले विरोध जनाएर काम अबरुद्ध भएको आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए ।

हाल सञ्चालनमा रहेको सडकको जग्गा पनि सिमकोट गाउँपालिका वडा नम्बर ५ का बासिन्दाहरुकै रहेको छ । अहिले नयाँ डीपीआर अनुसारको जग्गा पनि वडा नम्बर ५ कै बासिन्दाको जाने भएपछि पटक पटक जग्गा नोक्सान गर्न नहुने भन्दै स्थानीय विरोध गर्दै आएका हुन् ।

स्थानीयबासी रवि रावतले अनुसार जग्गा पनि दोहोरो जाने र राज्यको ढुकुटी पनि दोहोरो खर्च हुने आयोजनालाई निर्माण गर्नु भन्दा हाल सञ्चालनमै रहेको सडकलाई मान्यता दिनु पर्ने बताए ।

सिमकोट ५ का स्थानीय बाहेक अन्य कुनै पक्षले पनि यसरी राज्यको सम्पत्ति माथि होदन हुदासम्म कसैले आवाज उठाएको नदेखिएको रावतले बताए ।

यसबाट थोरै लागतमा सडक पनि विस्तार हुने र स्थानीयको जग्गा पनि पटक पटक क्षति नहुने देखिएको छ । र राज्यलाई आर्थिक व्ययभार पनि कम लाग्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?