
सिमकोट-हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेको मेशिनको डिसी जलेपछि दुई दिन देखि विद्युत सेवा अबरुद्ध भएको छ।
पावर हाउसको मेशिनको डिसी जलेपछि र कार्यालयसंग भएको डिसीले काम नगरेपछि अबरुद्ध विद्युत सेवा सुचारु हुन नसकेको हो।
मेशिन चली रहेको बेला पावर हाउसको मेशिनमा जडान गरिएको डिसी जल्दा दुई दिन देखि विद्युत सेवा अबरुद्ध भएको आयोजनाका प्राबिधिक राज कुमार बोहराले बताए।
आईतबार दिउसोबा सिमकोट र खार्पुनाथ गाउँपालिकाको विद्युत सेवा अबरुद्ध भएको थियो । मर्मत गर्ने प्रयास गरेपनि कार्यालयमा भएको डिसीले काम नगर्दा विद्युत सेवा अवरुद्ध भइरहेको उनले बताए।
सोमवार दिउसो नेपालगंजबाट झिकाएको डिसीले काम गरे मंगलवार विद्युत सुचारु हुने आयोजनाले जनाएको छ।
विद्युत सेवा अवरुद्ध भएपछि आर्थिक वर्षको अन्तिममा कारोवार गर्न कार्यालयहरुलाई कठिन भएको छ।
विशेष गरी बैंकहरुलाई कामको चाप भएको बेला समस्या देखिएको हो। योसँगै दुई गाउँपालिकाका एक हजार आठ सय सेवाग्राहीहरु मर्कामा परेका छन्।