ट्वीटर एकाउन्ट ह्याक सम्बन्धमा एफबिआईले थाल्यो अनुसन्धान

ट्वीटर एकाउन्ट ह्याक सम्बन्धमा एफबिआईले थाल्यो अनुसन्धान
+
-

अमेरिकाका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरले हाइज्याक गरेको सम्बन्धमा संघीय अनुसन्धान व्युरो (एफबिआई) ले अनुसन्धान सुरु गरेको छ ।

बिटकोइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्वीटर एकाउन्ट ह्याक गरेकाले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबिआईले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक गरेका थिए ।

बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निकाशाना बनाएका हुन् । ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत डोनेट गर्न अपिल गरिएका ट्वीट गरेका थिए ।

पूर्व राष्ट्रपति बाराक ओबामा, आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तर्था यापर कान्य वेष्टको आधिकारिक एकाउन्ट पनि ह्याक भएको थियो । माइक ब्लुमबर्ग, किम कार्डासियन तथा युबर र एप्पलसहितका एकाउन्ट पनि ह्याकरको निशानामा आएका थिए ।

बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो । तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु ।’

यी ट्वीटहरु पोस्ट भएको केही मिनेटमै डिलिट गरिएका थिए ।

ट्वीटरले उत्कृष्ट प्रयास गरी धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको जनाएको छ र उसले थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

एकाउन्ट ह्याक भएको सम्बन्धमा ट्वीटरले जुलाई २३ मा ब्रिफिङ्ग गर्नु पर्ने संसदीय समितिले जनाएको छ । सिटेनको वित्त समितिले ट्वीटरलाई ब्रिफिङ्गका लागि बोलाएको हो ।

यो पनि पढ्नुहोस्

ह्याकरको निशानामा अमेरिकी अर्बपति तथा प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट

ह्याकरको निशानामा अमेरिकी अर्बपति तथा प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?