पर्यटकीय स्थल भिमदुलामा बन्यो १०८ स्टेपको सिढी

पर्यटकीय स्थल भिमदुलामा बन्यो १०८ स्टेपको सिढी
+
-

सिमकोट-हुम्लाकै चर्चित पर्यकीय स्थल भएर पनि पुर्बाधार निर्माण नभएर पछाडी परेको भिमदुलामा १०८ स्टेपको सिढी निर्माण गरिएको छ।

धार्मिक महत्व समेत बोकेको भिमदुलामा पर्यटकहरु पुग्न कठिन भएका बेला सो सिढी निर्माण गरेर पर्यटक आवागमनलाई सहज हुने भएको छ।

पर्यटकहरुका लागि महत्वपुर्ण भिमदुलाको महत्व झल्काउन र आवतजावत सहज बनाउन पुर्बाधार बिकास गरिएको डिभिजन बन कार्यालयका प्रमुख निरज झाले बताए । पचास लाख बजेटमा १०८ स्टेपको सिढी, रेलिङ र दुलाको माथिल्लो माभमा ग्राउण्ड निर्माण गरिएको उनले बताए।

पर्यटकीय स्थलका रुपमा नाम कमाएको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ को भिमदुला प्राकृतिक रुपमा प्राप्त संरचनाले आन्तरिक पर्यटकहरुलाई आउजाउमा कठिन भएका बेला रेलिङ सहितको सिढी बनेको हो। उक्त स्थलमा अबलोकन गर्न जान डेढ देखि दुई दिन लाग्नेछ।

करिब पाँच हजार मिटर अग्लो स्थानमा भिमदुला रहेको उनले बताए।भिमदुलाको अबलोकन गर्न आन्तरिक पर्यटकहरुलाई सहज हुनेछ। सिमेन्टेड सिढी र आल्मुनियमको रेलिङ बनाउन हिमपातमा स्थानीय बासिन्दाहरु काम गरेका थिए।

पानी समेत तल खोलाबाट बोकेर स्थानीयले निक्कै दुखका साथ काम गर्नु भएको थियो महाभारत कालमा भिमसेनले कैलाश पर्बतमा हानेको ढुङ्गा मारघोर हिमाललाई प्वाल पारेर सिमकोट गाउँपालिकाको घ्यु ढुङ्गामा खसेको किंबदन्ती छ। जुन ढुङ्गा अहिले पनि घ्यु ढुङ्गामा रहेको छ।

भिमदुलामा भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ८ का राहदेब गाउँले एक पक्षीय रुपमा निर्माण गरेको भन्दै खार्पुनाथ गाउँपालिकाले बिरोध गर्दा निर्माण कार्य समेत रोकिएको थियो। पछि दुई पालिकाबिच सहमति नभएर डिभिजन बन कार्यालयले भुक्तानी दिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?