लिमीमा हिम पहिरोको त्रास

लिमीमा हिम पहिरोको त्रास
+
-

सिमकोट – बर्खा लागेसँगै हिमाल पारीको गाउँ लिमीको हल्जी गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ।

हिउँदमा हिमपात धेरै भएको र बर्खा लागेसँगै हिउँ पगल्न थालेपछि उक्त गाउँ हिम पहिरोको बढी जोखिममा परेको हो।

हिम पहिरोको जोखिम बढेपछि गाउँलेहरु रातभर पहरा दिन थालेका छन्।

नाम्खा गउाँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँका स्थानीय फुर्बा तामाङले हिम पहिरोको उच्च जोखिममा रहेका कारण स्थानीय बासिन्दाहरु निक्कै त्रसित अवस्थामा रहेको बताए।

पानी परिरहेकोले स्थानीय बासिन्दाहरु पहरा बस्न थालेको उनले बताए। गाउँमा हरेक वर्ष हिम परिहो आउने गरेको उनले बताए।

वडा अध्यक्ष पाल्जोर तामाङले हल्जी गाउँका बासिन्दाले सधैँ पहिरोको त्रासमा बस्नु परिरहेको बताए। गाउँका युवाहरु पानी परेका बेला रातभरि पहिरो आएमा जानकारी दिन पहरा बस्ने गरेका छन्।

९६ घरधुरीका स्थानीय बासिन्दाहरु र विद्यालय भवन बढी जोखिममा रहेकोले वडाले सबै स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। हल्जी गाउँको सिरानमा आईस जमेको हिमताल रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?