अर्थतन्त्र उकास्न इयुका नेताबिच ठूलो आर्थिक प्याकेजमा सहमति

अर्थतन्त्र उकास्न इयुका नेताबिच ठूलो आर्थिक प्याकेजमा सहमति
+
-

कोरोना भाइरसको महामारीका कारण सिथिल भएको अर्थतन्त्र उकास्नका लागि युरोपियन युनियन (इयु) का नेताबिच महत्वपूर्ण सम्झौता भएको छ ।

चार दिन र रात लगातार भएको वार्तापछि ८५९ बिलयन अमेरिक डलर (७५० बिलियन युरो) बराबरको ‘पोस्ट–कोरोना भाइरस रिकभरी प्याकेज’ मा सहमति बनेको हो ।

महामारीका कारण प्रभावित भएको अर्थतन्त्र उकास्नका लागि इयुका २७ देशले ठूलो रकमको प्याकेजमा सहमति गरेका हुन् । सम्मेलनको अध्यक्षता गरेका चार्ल्स मिसेलले सहमति युरोपका पक्षमा ‘निर्णायक क्षण’ भनेका छन् ।

गएको शुक्रबार ब्रसेल्समा सुरु भएको वार्तामा कोरोना भाइरसको महामारीबाट बढी प्रभावित भएका देश र कम प्रभावित भएको देशबिच आर्थिक दायित्वलाई लिएर विवाद भएको थियो। तर चार दिनरात लगातार चलेको वार्तापछि इयुका नेताहरु ठूलो आर्थिक प्याकेजमा सहमत भएका हुन्।

सहमति अनुसार महामारीबाट सबैभन्दा बढी प्रभावित भएका इयुका सदस्य राष्ट्रहरुलाई ३९० बिलियन युरोको सहयोता प्रदान गरिने छ। यस्तै इयुको आउँदो सात वर्षको बजेट १.१ ट्रिलियन युरो हुने सहमति पनि भएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’