
काठमाडौं- जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कोरोना संक्रमित प्रहरीको संख्या ३४ पुगेको छ।
मंगलबार १६ जना थपिएका हुन्। यसअघि सोमबार एकैपटक १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको थियो। स्याङ्जाका जिल्ला प्रहरी प्रमुखसमेत संक्रमित छन्।
नेपालमा एउटै प्रहरी कार्यालयभित्र यतिधेरै संक्रमण भेटिएको पहिलो हो। स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा रहेका एक जना थुनुवा र एक जना प्रहरीका छोरीमा पनि कोरोना संक्रमण भेटिएको जनाइएको छ।
नेपाल प्रहरीभित्र कोरोना संक्रमितको संख्या देशभर करिब २ सय पुगेको छ।