लकडाउन खुलेसँगै आकाशियो तरकारीको मूल्य

लकडाउन खुलेसँगै आकाशियो तरकारीको मूल्य
+
-

काठमाडौँ– लकडाउन खुलेसँगै काठमाडाैँ उपत्यकामा चहलपहल बढेको छ। त्यस्तै बाहिरबाट मानिसहरु राजधानी आउने क्रम पनि बढेको छ। जसले गर्दा अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि ह्वातै बढेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारी शंकर रावलले अक्सर बर्खाको समयमा तरकारीको मूल्यमा वृद्धि हुने तर अहिलेको सन्दर्भमा माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको बताए।

काठमाडौँमा मानिसहरुको चहलपहलसँगै तरकारीको मूल्यमा दैनिक प्रतिकेजी २० रुपैयाँ बढिरहेको उनले जानकारी दिए। उनले भने, ‘मान्छेको चहलपहल छ। तरकारीको मूल्य पनि दिनदिनै प्रतिकेजी करिब २० रुपैयाँले बढिरहेको छ र माग पनि बढिरहेको छ। तर तरकारी आएको छैन।’

शंकर रावल।

उनका अनुसार अहिले धेरै किसानहरुले तरकारी रोपेको ठाउँमा पनि धान रोप्ने भएकाले तरकारी कम आउँछ। ‘एकातिर तरकारी कम आउँछ अर्कोतिर भएको तरकारी बिक्दैन। आज दिनभर कारोबार पनि भएको छैन’, उनले भने।

यस्तै उनले कालिमाटी बजारमा समय अनुसार फरक मूल्य हुने गरेको बताए। ‘बिहान, दिउँसो र बेलुका फरक–फरक मूल्य हुन्छ’, उनले भने।

कालिमाटीका अर्का व्यापारी रेजिना सापकोटाले पनि तरकारीको माग बढी भएको तर तरकारी कम आएकाले मूल्य वृद्धि भएको बताइन्।

उनले मूल्य वृद्धिसँगै तरकारीको चाेरी पनि बढेको गुनासो गरिन्। ‘उसो त तरकारीको भाउ यस समयमा जहिले बढ्छ’, उनले भनिन्, ‘तर मूल्य वृद्धि भएका बेला तरकारीको चोरी पनि हुने गरेकाे छ। ’

रेजिना सापकाेटा।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बर्खाको सुरुवातसँगै तरकारीको मूल्य वृद्धि हुने नियति नै बनिसके पनि कोभिड–१९ का कारणले तरकारीको आयात र उत्पादनमा कमि आएकाले मूल्यमा वृद्धि भएको बताए।

उनले लकडाउन अघि ठूलो जनसंख्या उपत्यका बाहिर गएको र लकडाउन खुलेसँगै आउने क्रम जारी रहेकाले माग बढी र आपूर्ति कम परिमाणमा भएकाले मूल्य बढेको बताए।

उनले भने, ‘बर्सातको समयमा तरकारीको मूल्य स्वतःरुपमा बढ्छ। तर अहिले कोरोना भाइरसले पनि प्रभाव पारेको छ। लकडाउन हुनुअघि धेरै मानिसहरु उपत्यका बाहिर गए र अहिले फर्किरहेका छन्। होटल व्यवसायहरु पनि सूचारु हुने थालेका छन्। जसले गर्दा खाने मुख बढे तर उत्पादन, आपूर्ति कम र माग बढी भएपछि मूल्य बढ्छ नै।’

सामान्य अवस्थामा यस सिजनमा करिब सात सय टन तरकारी आयात हुने गरेको थियो। तर अहिले करिब साढे पाँच सय टनमात्र आयात भएको उनले बताए।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ।

‘सामान्य अवस्था यस सिजनमा सात सय टनको हाराहारीमा तरकारी भित्रिन्थ्यो’, उनले भने, ‘तर यो पटक आगमन पनि कम छ। हिजो र आजको आगमन हेर्दा साढे पाँच सय टनको हाराहारीमा आएको छ।’

उनले मूल्य वृद्धि दसैं तिहारसम्म लम्बिने पनि बताए।

तरकारीको मूल्य वृद्धि यसवर्षको समस्या मात्र नभई हरेक वर्षको समस्या हो। मूल्य वृद्धिमा कोरोना भाइरसले केही प्रभाव पारे पनि यो पूरानै समस्या भएको र यो समस्या समाधान नगरे हरेक वर्ष मूल्य वृद्धिको समस्या सबैले दीर्घकालीन रुपमा भोग्नु पर्ने कालिमाटी बजार समितिका बोर्ड सदस्य नविन शाहीले बताए।

नविन शाही।

तरकारी फलाउने उर्बर जमिनमा ‘घर’ फलाइरहेकाले बर्सेनी तरकारीमो मूल्य वृद्धिको समस्या नेपालीले भोग्नु परेको उनको भनाइ छ।

‘नेपालको उर्बर जमिनमा तरकारी लगायतका खाद्य वस्तु उत्पादन गर्न छोडेर घर उत्पादन गर्दैछौँ। यस्तो प्रवृतिले स्वभाविक रुपमा महँगी बढ्छ’, उनले भने।

उनले जमिनको व्यापारिकरणलाई रोक्न सके र कृषिमा आधुनिकरण गर्न सकेमा मूल्य वृद्धिबाट छुटकारा पाउन सकिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?