
हुम्ला – सिमकोट अग्ला पाटनमा रहेका चौँरी गोठ सार्न कठिन भएको छ । लगातार वर्षा भएकाले अग्ला पाटनमा चाैँरी गोठ सार्न कठिन भएको हो ।
केही होचा स्थानबाट यो सिजनमा चराउन सकिने अग्ला पाटनमा चाैँरी गोठ सार्न कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका फुर्वा तामाङले बताए ।
अहिले सारिएका चौँरी गोठहरु भदौ महिनासम्म उक्त क्षेत्रमा रहने भए पनि लगातार वर्ष भएकाले गोठ सार्न नसकिएको हो । करिब पाँच हजार मिटर अग्ला पाटनमा गोठ सारेर चौँरी पाल्दै आएका लिमीबासीले वर्षाकै कारण समस्या भएको बताएका छन् ।
एक सय भन्दा बढी चौँरीलाई अग्ला पाटनका गोठमा सार्नु पर्ने भए पनि वर्षाका कारण नसकिएको किसानको भनाई छ । नाम्खा–५ का ह्याङ्सी क्षेत्रका उच्च पाटनमा पनि चौँरी गोठ सार्न नसकिएको यारी पाल्जोर लामाले बताए ।
६० वटा चौरी रहेको गोठलाई पछिल्लो एक हप्तायता सार्न खोजे पनि लगातारको वर्षाका कारण सार्न नपाएको उनले बताए।
वर्षामा गोठका लागि आवश्यक सामान भिज्ने भएपछि गोठालाले गोठ सार्न नपाएको बताएका छन्। भदौ पछि सो क्षेत्रमा चिसोका कारण गोठ सार्न सकिँदैन । बुकी राम्रो हुने ती पाटनमा चौँरी पालन उपयुक्त हुने भए पनि यसपाली चौँरी पालक समस्यामा छन् ।