कोरोनाको त्रासका बीच हुम्लाका विद्यालयमा पठनपाठन सुरु

कोरोनाको त्रासका बीच हुम्लाका विद्यालयमा पठनपाठन सुरु
+
-

सिमकोट– कोरोना भाइरसकाे त्रासका बीच हुम्लाका विद्यालयहरुमा पठनपाठन सुरु भएकाे छ। गाउँपालिकाहरुले विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेसँगै हुम्लाका विद्यालयले पठनपाठन सुरु गरेका हुन्।

ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले लामो समयको बन्दाबन्दीले बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठनपाठन सुरु भएको जानकारी दिए। उक्त गाउँपालिकाले एक साताअघि सबै विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेकाे थियाे।

अध्यक्ष मल्लका अनुसार पठनपाठन सुरु हुनुअघि क्वारेन्टिन निर्माण गरिएका कक्षा कोठालाई सेनिटाइज गरिएकाे थियाे। माध्यमिक र आधारभूत गरी ताँजाकोटमा १६ वटा विद्यालय रहेका छन्। ताँजाकोटका सबै विद्यालयमा गरेर दुई हजार पाँच सय विद्यार्थी रहेकाे अध्यक्ष मल्लले बताए।

पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउँदै गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले हाललाई गाउँमै बस्दै आएका स्थानीय शिक्षकबाट पठनपाठन हुने र जिल्ला बाहिर रहेका शिक्षकलाई साउन २२ गतेसम्म आइपुग्न निर्देशन दिएको बताए।

बाहिरबाट आउने शिक्षकका लागि आरडिटी परिक्षणपछि आउने रिपोर्टका आधारमा मात्र विद्यालयमा पठाउने व्यवस्था गाउँपालिकाले गरेको छ।

ताँजाकोटसहित हुम्लाका तीन वटा गाउँपालिका गरी ४९ वटा विद्यालयहरुमा पठनपाठन सुरु भएको छ। यसअघि खार्पुनाथका १७ वटा विद्यालयमा साउन ५ गते र नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा साउन ११ गतेबाट पठन पाठन सुरु भइसकेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?