
सिमकोट-कोरोना कहरका बिच हुम्लामा साउने पूर्णिमाको पछिल्लो दिन लेखिने देउडालाई रोक्न सकेन। स्थानीय महिला पुरुषले सिमकोट स्थित लेख मैदानमा दिउसोबाटै देउडा गाएर रमाईलो गरेका हुन।
प्रत्येक वर्ष साउने पुर्णिमाको पछिल्लो प्रतिपदाको दिनमा हुम्लामा देउडा खेल्ने चलन छ। यस वर्ष पनि केही दिन अगाडी बसेको सर्वपक्षीय बैठकले एक दिन देउडा खेल्न दिने निर्णय नै गरेको थियो।
स्थानीय प्रशासनले राती आठ बजेसम्म मात्र देउडा खेल्न दिने सूचना जारी गरेको छ। खेल मैदानमा कम्तीमा दुई दर्जन खेलहरुमा महिला महिला, महिला पुरुष र पुरुष पुरुषका देउडा खेलहरु चलेका छन्।
यसमा बिशेष गरि टाढा टाढाबाट आएका छोरी बहिनीहरुले एक आपसमा माया प्रेम र सुखदुखका कुराहरु देउडा गीत मार्फत ब्यक्त गर्ने गर्छन।
त्योसंगै महिला पुरुषका बिच पनि पुराना यादहरु, माया प्रेमका कुराहरु पनि गीत मार्फत व्यक्त गर्ने गरिन्छ। कतिपय युवायुवतीहरुले त रात भरि पनि देउडा गाएर रमाईलो गर्ने गर्छन्।