सन् २०२१को जुलाईसम्‍म घरमै बसेर काम गर्न कर्मचारीलाई फेसबुकको अनुमति

सन् २०२१को जुलाईसम्‍म घरमै बसेर काम गर्न कर्मचारीलाई फेसबुकको अनुमति
+
-

एजेन्सी- कोरोना भाइरसले विश्‍वभर आतंक फैलाइरहँदा विश्‍वको सर्वाधिक चर्चित सामाजिक सञ्‍जाल फेसबुकले आफ्ना कर्मचारीहरुलाई २०२१ को जुलाईसम्म घरबाटै काम गर्नका लागि अनुमित दिएको छ।

फेसबुकका प्रवक्ताका अनुसार घरबाटै काम गर्ने कर्मचारीलाई कार्यालयको आवश्यक सामग्रीका लागि १००० डलर पनि दिइनेछ भने विभिन्‍न नियम तथा निर्देशिकामा रही काम गर्नेलाई पहिलेको जस्तै सुविधा दिइने विजनेस इन्साइडरले उल्लेख गरेको छ। तर सकारको नीत र निर्देशिकाले कोरोना भाइरसको माहामारी कम देखिएमा सन २०२० भित्रै पहिलेकै समयमा खुल्‍ने प्रवक्ताले बताएका छन्।

जुलाईको अन्त्यतिर अल्फाबेटको गुगलले पनि कार्यालय आउन आवश्यक नपर्ने कर्मचारीलाई २०२१ को जुनको अन्त्यसम्म घरबाटै काम गर्नका लागि भनेको थियो। ट्वीटरले पनि आफ्ना केही कर्मचारीलाई टाढैबाट काम गर्नका लागि प्रस्ताव गरेको थियो।

“स्वास्थ्य र सरकारी विज्ञको निर्देशिकामा आधारित भएर साथै यी विषयको बारेमा आन्तरिक छलफलपछि हामीले कर्मचारीलाई स्वेच्छिक रुपमा जुलाई २०२१ सम्म घरबाटै काम गर्नका लागि भनेका छौ,” फेसबुकका प्रवक्ताले ईमेलमा पठाएको विज्ञप्तिमा लेखेका छन्।

“यसका अतिरिक्त हामीले कर्मचारीलाई कार्य प्रयोजनमा आवश्यक पर्ने थप १००० डलर दिदैछौ,” उनले भने।सरकारी निर्देशन अनुसार भाइरस न्यूनिकरणको प्रयास गरिएका ठाउँहरुमा सीमित क्षमतामा कम्पनीहरु पुनः खोलिने फेसबुकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?