चार दिनदेखि प्रसूति व्यथा लागेकी महिलाको उद्धार हुन सकेन

चार दिनदेखि प्रसूति व्यथा लागेकी महिलाको उद्धार हुन सकेन
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा चार दिनदेखि प्रसूति व्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन । सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि उनको उद्धार हुन नसकेको हो।

ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३ वर्षकी बिपना खड्कालाई चार दिन अघि  व्यथा लागेको अवस्थामा मैला स्वास्थ्य चौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी प्रशव व्यथाले छटपटिएको स्थानीय धर्मराज जैशीले बताए।

वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवा समेत राम्रोसँग सुचारु नभएपछि जिल्लामा खबर गर्न कठिन भएको उनले बताए।

स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र अप्रेशनका लागि उपकरण नहुँदा केही गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ।

गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भैरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।

पत्र प्राप्त हुना साथ हवाई उद्धारका लागि गृह तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसंग उद्धारका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?