
गण –गाँड पो
गलगाँड हुँदैछ–
गणतन्त्र यो ।
गोरू ब्यायो रे!
गोरू नै जन्माएछ
लजायो साँढे!
नयाँ उखान
‘चिउँडोमा मास्क छ
नाक भो बुच्चै!’
मन्त्रीको मास्क
नाडीको घडी हो कि
बाह्र बज्यो र?
बाह्र नबज्दै
खोप्लाङ्गमै सोझियो
सूर्यको तेज!
निस्तेज सूर्य
चक्रविहीन विष्णु
ठोरीमा छाँया।
कहाँ छ छाँया?
रूख काटिएपछि
हलो भित्रियो।
रूखमा हलो
सूर्यमा पनि हलो
फाली दोब्रियो।
फाली फालेर
काली तर साथी हो
आमाको आँशु।
अश्रु मिश्रित
माटोको टिका थाप्दै
देश बचाऊ।