
सिमकोट- वर्षेनि आन्तरिक पर्यटकहरु गइरहने खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को लडे दहमा यसपाली कोही पनि जान पाएका छैनन्। कोरोना कहरले गर्दा सिजनमा पनि मानिसहरु नआउदा लडे दह पर्यटकको पर्खाईमा रहेको हो।
करिब चार हजार मिटर अग्लो स्थानमा रहेको लडे दहमा यसपाली कोही पनि स्थानीय तथा आन्तरिक पर्यटकहरु नगएको स्थानीय हर्कवीर रावलले बताए । निक्कै सुन्दर अग्लो पाटनमा रहेको लडे दहमा मनोरन्जन लिन र पशुबस्तुलाई खर्कमा लैजानले मानिसहरु जाने गर्थे।
यसपाली कोरोना कै कारण कोही पनि जान नपाएपछि लडे दह क्षेत्र सुनसान रहेको हो। दहमा जमेको निलो पानी आफै छचल्किएर खेल्ने गर्छ। सधै आन्तरिक पर्यटक तथा खर्कालु जाँदा चहल पहल बढी हुने गथ्यो। मानिसहरु निक्कै रमाईलो गर्ने पनि।
सर्यौ जना मानिसहरु लडे दहमा गएर रमाउने गर्ने तर यसपाली कोही पनि नजाँदा उक्त क्षेत्र सुनसान छाएको रावलले बताए । तर केही पशुबस्तु खर्कमा राख्ने खर्कालुहरु भने जानु भएको छ। यस्ता दुधे र लडे दह हुम्ला जिल्लाका उच्च क्षेत्रका एक दर्जन भन्दा बढी भएपनि सबैको अबस्था सुनसान रहेको छ ।