मौसम परिवर्तनका कारण एक महिना ढिलो पाक्यो ‘चुली’

मौसम परिवर्तनका कारण एक महिना ढिलो पाक्यो ‘चुली’
+
-

सिमकोट-बहुउपयोगी फलका रुपमा परिचय पाउदै आएको हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरी पाकेको छ।

मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो। असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको सिमकोट गाउँपालिका वडा नम्बर ४ बल शाहीले बताए।

पहिले यतिबेला पाकेको चुलीको फलबाट निक्लेको ठाठिला (फल भित्रको बोक्रा) सुकाउने बेला भएको हो। आरु प्रजातिमा पर्ने चुलीको बाहिरी फल खान मिल्ने, सुकुटी बनाउन हुने र जुस पनि बनाउन सकिन्छ।

साउन भदौ महिनामा फल भित्रको हड्डी सुकाएर भित्रको गुदी ( मिजुला ) निकाल्ने समय भएपनि अहिले चुली ढिलो पाकेको कारण यी काम सबै ढिलो हुने छ । चुलीको भित्र हुने मिजुलाबाट तेल पनि निकालिन्छ।

उक्त तेल मालिस तथा कस्मेटिकका सामान उत्पादनमा प्रयोग हुने गर्छ । हुम्लामै चुलीको तेल प्रति लिटर चार सय असी रुपियाँ पर्ने गर्छ । हिमाली जिल्ला हुने चुली पहिला त्यसै खेर पनि जाने गर्थ्यो।

यसरी चुली एक महिना ढिलो पाक्नुको मुख्य कारण मौसममा आएको परिबर्तन भएको स्याउ जोन कार्यक्रममा प्रमुख रामसुरथ पालले बताए। पहिले भन्दा हुम्ला जिल्लामा गर्मी बढेकै कारण चुली ढिलो पाकेको हुन सक्ने उनले बताए।

यसअघि चुली खेतबारी तथा बनमा आफै उम्रने भएपनि चुलीबाट फाईदा लिन थालेपछि किसानहरु खेतीका रुपमा चुलीका बिरुवा लगाउन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?