एउटा युट्युब च्यानल छ, मलाई केको डर छ!

एउटा युट्युब च्यानल छ, मलाई केको डर छ!
+
-

काठमाडौँ –सञ्चार प्रविधिको विकाससँगै मौलाएको ‘युट्युब’ संस्कृतिलाई कर र व्यवसायिक निगरानीको दायरामा ल्याउन सरकारले प्रारम्भिक कदम सुरु गरेको छ। सूचना प्रविधि विभागका सह–सचिव अनिल दत्तका अनुसार सामाजिक सञ्जाललाई नियन्त्रण तथा निगरानी गर्ने कानुन बन्ने प्रक्रियामा रहेको छ।

उनले भने, ‘युट्युब सम्बन्धी कानुन त छैन। तर सामाजिक सञ्जालहरुलाई कानुनी दायरामा ल्याउने सम्बन्धी छलफल भइरहेको छ।’

यस्तै विभागका अर्का कर्मचारी (नाम नखुलाउने सर्तमा)ले नेपालमा युट्युब च्यानलहरुको निगरानी, नियन्त्रण दर्ता गर्ने कानुनी प्रावधान नै नभएको बताए। उनले नेपालमा त्यसको स्वामित्व नै नभएपछि उनीहरुले कमाएको पैसाको लखाजोखा पनि स्वतःनहुने बताए।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले ‘युट्युब’ सम्बन्धी कानूनको आवश्यकता औँल्याउँदै सर्वसाधारणको प्रतिष्ठामा समेत असर पारेपछि ‘युट्युब’ माध्यमबाट भिडियो प्रसारण गर्ने केहि केहि च्यानलविरुद्ध काउन्सिल समक्ष ९१ वटा उजुरी परेको बताए।

‘युट्युब’ मार्फत विकृति फैलिएको र जस्तो सुकै समाचार सम्प्रेष्ण गर्ने कारणले लकडाउन अवधिभर ९१ उजुरी परेको उनले बताएका हुन्।

काउन्सिलमा उजुरी परे पनि कारबाही गर्ने कानून नेपालमा नभएकाले आफूहरुले कानूनी कदम चाल्न नसकेको उनले बताए। तर यस सम्बन्धी कानून बनाउन सरकारलाई दुई पटक पत्राचार गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘पहिलो कुरा युट्युब च्यानलको नेपालमा स्वामित्व नै छैन। यहाँ दर्ता पनि हुदैनन्। यस सम्बन्धी हामीले सरकारलाई दुई पटक पत्राचार गरिसक्यौँ। युट्युबलाई नेपालको कानुनी दायरामा ल्यानुपर्छ भनेर। तर सरकारले यस सम्बन्धी कुनै चासो देखाएको छैन। यसो त नेपालको कानुन नै लथालिङ्ग छ। नियम बनाउन कोही पनि मान्दैनन् र मान्न पनि तयार छैनन्।’

दर्ता नभएका युट्युब च्यानलहरुले प्रेस लेखेका कार्ड र ज्याकेट भिरेर जथाभावी बुम तेर्स्याउँदै हिड्ने र उनीहरुले प्रसारण गरेका सामाग्रीलाई लिएर बाहिर बहस तथा छलफल हुन थालेको छ। दर्ता नै नभएका च्यानलहरुले कसरी प्रेसको कार्ड र ज्याकेट पाए गम्भिर प्रश्न खडा भएको अध्यक्ष श्रेठको भनाइ छ ।

नेपालमा युट्युवको स्वामित्व तथा त्यस सम्बन्धी कानून नहुदाँ मुख्य सञ्चार माध्यमहरु शंकाको घेरामा परेको उनले बताए। ‘युटबमा जस्तोसुकै कन्टेन्ट प्रसारण हुने भएकाले नेपालमा मेनस्ट्रिम मिडियाहरु ओझेलमा परेका छन्।

उनले भने, ‘सञ्चार माध्यमलाई विश्वासिलो बनाउन युट्युब सम्बन्धी कानून हुनुपर्छ।’ बिडम्बना, नेपालमा कानून नै छैन। विश्वासिला सञ्चार माध्यमलाई नियन्त्रणमा लिन विधेयक पारित गर्न खोज्ने तर समाजमा मयार्दित पत्रकारको पेशालाई दाग लगाउने ‘युट्युब च्यानल’ र युट्युबरलाई मयादित बनाउन सरकारले कुनै कानुन नबनाएको उनको गुनासो छ।

‘युट्युबरहरुले पत्रकारिताको सिद्धान्त पालना नगरी समाचार सामग्री प्रसारण गरिरहका हुन्छन्’, उनले भने, ‘नियम विपरीत गरेको कार्यबाट महिनौँ लाखौ कमाइ पनि गर्छन्। न उनीहरुका लागि कानुन बन्छ न त उनीहरुले कमाइ गरेको राजश्वको लेखाजोखा नै छ।’

नेपालमा दिनप्रदिन युट्युबरहरु आफूलाई भ्युज बढाउने नाममा मनलाग्दी रुपमा भिडियो ‘कन्टेन्ट’ बनाउँदै युट्युब च्यानल बनाउनमा व्यस्त छन्। केही अवैध कमाइमा भएको आरोप पनि आधिकारिक तहबाट लगाइएको छ।

पछिल्लो समय विश्वभर सूचना प्रविधिले आफ्नो पकड जमाइरहँदा सामाजिक सञ्जालहरुको विस्तार हुँदै आएको देखिन्छ। यसमा फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युब लगायतले आ–आफ्नो सब्सक्राइबर बढाइरहेका छन् भने प्रयोगकर्ताहरुले यसको नियम पालना गरेवाफत रकम पनि भ्यूज अनुसारको पाउँदै आएका छन्। त्यसमध्ये एउटा सशक्त माध्यम हो युट्युब।

‘युट्युब’ भिडियो माध्यमबाट कारोबार गर्ने व्यवसायिक थलो हो। ‘मनोरञ्जन, समाचार, ब्लग’ लगायतका भिडियो ‘कन्टेन्ट’ कारोबारका स्रोत। सर्वाधिक चर्चित सर्च इन्जिन गुगलको सहउत्पादन हो युट्युब।

अहिले कारोबार र कमाईको बलियो स्रोतको रुपमा देखा परेको छ। रोजगारीको स्रोेत पनि बनेको छ यो। तर ‘कन्टेन्ट’ के व्यापारीकरण के सञ्चारको नयाँ रुप हो त ?यो प्रश्न सर्वत्र नेपालमा पनि उठ्न थालेको छ।

हुन त यो चलन अमेरिका लगायत विकसित मुलुकका युवाहरु, गीत, संगितका पारखीहरु र ‘लिरिकल’ भिडियो बनाउने कम्पोजरहरु पनि यसबाट मासिक गतिलो आम्दानी गर्दै आएका छन्, यसका केहि नियमहरुलाई पछ्याएर। तर नेपालमा भने अर्कै दर्जाको रुपमा हेरिन्छ। विश्वशनियतामा बडी प्रश्न गरिएको अवस्था छ।

नेपालमा दिनप्रदिन युटुबरहरु आफूलाई भ्युज बढाउने नाममा मनलाग्दी रुपमा भिडियो ‘कन्टेन्ट’ बनाउँदै युटुब च्यानल बनाउनमा व्यस्त छन्। केही अवैध कमाइमा भएको आरोप पनि आधिकारिक तहबाट लगाइएको छ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी गुणाकर भट्टका अनुसार बैंकको खातामा पैसा आउँदा स्रोत खोजिने र सोही अनुसार करको दायरामा आउँछ। ‘हामीले उनीहरुले गरेको कामलाई नगर भन्न मिल्दैन। उनीहरुले कमाएको पैसा बैंक खातामा आउने हो। खातामा आउँदा स्रोत खुलाउन पर्छ’, उनले भने।

तर युट्युब च्यानलबाट कमाएको पैसा नेपालमा नभई जुनदेशमा त्यसको स्वामित्व छ उक्त देशले नै कर काट्छ। नेपालमा यो रकम करको दायरामा कसरी आउँछ भन्ने प्रश्न खडा भएको छ। एकजना युट्युबरका (नाम नखुलाउने सर्तमा) अनुसार नेपालमा च्यानल दर्ता नगर्नु पर्ने र च्यानलबाट कमाएको पैसाको पनि स्रोत खुलाउनु पर्दैन। ‘खातामा पैसा आउँदा बैंकले स्रोत खोज्दैन। कुनै-कुनै बैंकले खोज्छ। त्यस्तो केही हुँदैन। कर पनि तिर्नु पर्दैन।’

यस्तै ब्लगर सिसन बानियाँले नेपालमा युट्युब च्यानल दर्ता गर्ने कानूनी व्यवस्था नरहेको बताए। उनले उक्त च्यानलबाट भएको कमाइको कर नेपाल नभइ युकेमा नै तिर्ने गरेको बताए। ‘नेपालमा युट्युब च्यानल दर्ता गर्ने सिस्टम छैन। र मेरो युकेमा नै कर काटेर पैसा आउँछ,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?