किर्ते मुद्दामा वडा अध्यक्ष पक्राउ

किर्ते मुद्दामा वडा अध्यक्ष पक्राउ
+
-

सिमकोट-किर्ते मुद्दामा वडा अध्यक्षलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकुसिह वुढा रहेका छन्।

आईतबार प्रहरीले पक्राउ गरेका वडा अध्यक्षलाई जिल्ला सरकारी वकिल कार्यालयमा वयान कार्य गरिएको छ । बिजाया वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मकुसिह वुढा भएको किर्ते मुद्दामा निजलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको हो।

किर्ते गरेको आरोप लागेको वडा अध्यक्ष बुढा प्रकाउ परेको प्रहरीले जनाएको छ। हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं.१ गोप्का गाउँ वस्ने हाल सोही वडाको वडा अध्यक्ष मकुसिङ वुढाको जन्म मिति २०१० साल भएको र निजले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट मिति २०४५ बैशाख १ गतेका दिन नागरिकता वनाइ लिएको तर निज आफैले मनोमानी नागरिकतामा केरमेट गरि आफ्नो जन्म मिति २००० साल बनाइ किर्ते जाहेरीमा उल्लेख गरिएको छ।

नागरिकता सच्याएर विगत १५ वर्षदेखि वृद्ध भत्ता समेत खाँदै आइ सरकारी रकमको पनि हिना मिना गरी दुरुउपयोग गरेको आरोप लगाइएको छ । नागरिकता केरमेट गरेकाले निजलाई नागरिकता ऐन अन्तरगत कारवाही गरी १५ वर्षसम्म खाएको वृद्ध भत्ता पनि असुल उपर गरी हदै सम्मको कारवाही गरी पाउँ भन्ने जाहेरवाली वुढाले जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी २०७५ साल असोज २२ गते दर्ता गरेकी हुन।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ मा किर्ते गर्नेलाई हुने सजाय र जरिवानाको व्यवस्था गरेको छ । अध्यक्ष बुढा तत्कालीन एमालेबाट बिजयी भएका हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?