नेदरल्यान्ड्स सम्हालिरहेका कोएम्यान बार्सिलोनाको नयाँ प्रशिक्षक लगभग पक्का

नेदरल्यान्ड्स सम्हालिरहेका कोएम्यान बार्सिलोनाको नयाँ प्रशिक्षक लगभग पक्का
+
-

म्याड्रिड- स्पेनिस क्लब बार्सिलोनाले रोनाल्ड कोएम्यानलाई प्रशिक्षक नियुक्त गर्ने भएको छ।

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलको हार ब्यहोरेपछि बार्सिलोनाले किके सेटिएनलाई बर्खास्त गर्दै छ। सेतिएनलाई हटाएर कोएम्यानलाई यसैसाता प्रशिक्षक नियुक्त गर्ने बार्सिलोनाको तयारी छ।

कोएम्यान हाल नेदरल्यान्ड्सको राष्ट्रिय टोली प्रशिक्षक छन्। बार्सिलोनाका लागि ६ वर्ष खेलेका कोएम्यान प्रशिक्षकका दावेदार थिए। उनी इङ्लिस प्रिमियर लिग क्लब एभर्टनका पूर्व प्रशिक्षक पनि हुन्।

बार्सिलोना यो सिजन उपाधिविहिन रहेको थियो। उसले सन् २०१३ यता पहिलोपटक उपाधि जित्न नसकेको हो। बायर्नसँगको हारमा बार्सिलोनाले सन् १९४९ यता पहिलोपटक एकै खेलमा ८ गोल व्यहोरेको थियो। सेटिएन गत जनवरीमा मात्र बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका थिए।

५७ वर्षीय कोएम्यान सन् २०१८ यता नेदरल्यान्ड्सको प्रशिक्षक रहेका छन्। उनले यसअघि २ वर्ष बार्सिलोनाको सहायक प्रशिक्षकका रुपमा पनि काम गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?