
अ
+
अ
अ
-
झापा – झापाको विर्तामोड व्यस्त शहर भनेर चिनिन्छ। जिल्लाका अन्य शहरहरू भन्दा यहाँ मानिसको बसोबास बाक्लो छ।
त्यस्मा पनि विर्तामोड नगरपालिका कार्यालय भवन आसपास दिउँसो मानिसको चहलपहल निकै नै हुन्छ। तर मानिसको चहलपहललाई बेवास्ता गर्दै नगरपालिका भवन अगाडिको पिपलको रुखमा बकुल्लाको बथान छ।
त्यो रुख नेर पुग्दा लाग्छ उनीहरूको संसार त्यहाँ छ। ‘मानिसहरू जेसुकै गरिरहुन् हामी यहीँ रमाउँछौं’ भने जस्तो बकुल्लाको आवाजले प्रकृतिप्रेमीलाई मुग्ध बनाइदिन्छ।
पिपलको बोट नेर पुगेर क्यामेरा निकालेर यसो लेन्सबाट हेर्दा लाग्यो बकुल्लाले पोज दिइरहेका छन्।
हेरौँ तस्बिरहरूः