हुम्लामा पहिरो, चार सय रोपनीमा लगाइएको बाली नष्ट

हुम्लामा पहिरो, चार सय रोपनीमा लगाइएको बाली नष्ट
+
-

सिमकोट-तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ। वर्षा बढी हुदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षति भएको हो।

कोदो लगाएको जग्गालाई पहिरोले बगाएपछि निक्कै चिन्तित हुदै ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का जगत शाहीले वर्षाले किसानको सत्यानास गरेको बताए।बाली कामै नलाग्ने गरि पहिरोले बगाएको छ। बाली बगाउने मात्र होइन जग्गामा पहिरोले चिरा पारेर काम नलाग्ने बनाएको ताँजाकोट गाउँपालिका वडा नम्बर २ की धान्‍न पुरी मल्लले बताइन्।

उनले भने, ‘बालनाली सबै पहिरोले लगेपछि अब ताँजाकोटका किसानलाई भोकमरीको चिन्ता थपियो। एउटा किसानले तीनदेखि पाँच रोपनी बाली गुमायो। अब हाम्रो विजोग हुने भयो।’

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको जताततै बाढी पहिरो गएर चार सय भन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाको भनाइ छ। उनले भनिन्, ‘पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाको जग्गामा बढी वर्षा भएकै कारण पहिरो गएको हो। जग्गामा कोदो, चिनो, कागुनो, धान लगाएतका खाद्य तथा दलहन बाली लगाएको थियो।’

यसबाट पाँचदेखि सात करोडको बाली नष्ट भएको गाउँपालिकाले जनाएको छ। बाला पसाउने बेला बाली नष्ट भएपछि किसानहरुमा थप चिन्ता थपिएको छ।अधिकांश किसानलाई आफ्नै उत्पादनले छदेखि आठ महिना मात्र खाना पुग्ने अवस्था छ। यसले यो वर्ष मंसीरपछि कर्णालीमा भोकमारीको संभावना बढ्ने स्थानीहरुको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?