भेन्टिलेटर बैंक सस्तो मूल्यमा अस्पताललाई भेन्टिलेटर उपलब्ध गराउने

‘हामीले जहाँ मान्छेलाई आवश्यक छ, त्यहाँ भेन्टिलेटर दिने हाे’

‘हामीले जहाँ मान्छेलाई आवश्यक छ, त्यहाँ भेन्टिलेटर दिने हाे’
+
-

काठमाडौँ-नेपाल भेन्टिलेटर सर्भिसेस (भेन्टिलेटर बैंक) ले सस्तो मूल्यमा जोखिमयुक्त क्षेत्रका सम्बन्धित निकाय तथा अस्पताललाई भेन्टिलेटर उपलब्ध गराउने भएको छ।

सरकारी अस्पतालको तुलनामा निकै सस्तो मूल्यमा जोखिमयुक्त निकाय तथा अस्पताललाई आवश्यक परेको खण्डमा भेन्टिलेटर उपलब्ध गराउने भेन्टिलेटर बैंकका सह–सस्थापक डा.विशाल ढकालले जानकारी दिएका हुन्।

उनले भेन्टिलेटरको अभावले कोही मान्छे जोखिममा नपरुन् भनेर सरकारी अस्पतालको तुलनामा कम मूल्यमा भेन्टिलेटर दिने बताए।

उनले भने, ‘हामीले जहाँ मान्छेलाई आवश्यक छ त्यहाँ दिने हो र भेन्टिलेटर सरकारी अस्पतालभन्दा सस्तोमा दिने ताकी अस्पतालहरुले आफूहरुसँग भेन्टिलेटर छैन भन्न नपरोस्।’

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियान चालेको छ। डा.ढकालले बैंकको स्थापनादेखि हालसम्म उपत्यका र बाहिरका मुख्य अस्पतालहरुमा २१ वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइसकेको र १० वटा मेसिन पठाउनका लागि अस्पतालको छनोट प्रक्रियामा रहेको बताए।

अप्रिल २७ देखि भेन्टिलेटर सर्भिसेसले आफ्नो अभियानको सुभारम्भ गरेको उनले बताए। ‘अहिलेसम्म हाम्रो अभियानले टिचिङ अस्पतालमा २, नारायणी अस्पतालमा ६, ग्रान्डीमा २ वटाका दरले भेन्टिलेटर उपलब्ध गराएको छ’ उनले भने, ‘ २५ वटा खरिद प्रक्रियामा रहेको छ।’

यस अभियानका लागि करिब एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान उनको छ। तर हालका लागि ५० प्रतिशत रकम बैंकबाट ऋण लिएको र विभिन्न संघ–संस्थाहरुले हातेमालो गरिरहेको जानकारी दिए।

‘बैंकबाट ऋण लिएर हामीले यस अभियानको सुरुवात गर्‍याैँ’ उनले भने, ‘यस अभियानलाई मन पराएर विभिन्न संस्थाहरुले हातेमालो गरिरहेका छन्।’

यस्तै उनले यस अभियानमा सरकारसँग समन्वय गरेर अगाडि बढ्ने पनि बताए। ‘अहिले हामी सीसीएमसीसँग समन्वय गरेर अगाडि बढ्ने प्रक्रियामा छौँ’ उनले भने।

दिन प्रतिदिन कोरोना कहर बढ्दो छ। कोरोना भाइरसका कारणले स्वासप्रस्वासमा बढी समस्या गर्ने भएकाले आफूहरुले सुरु गरेको अभियान (भेन्टिलेटर बैंक) ले भाइरस संक्रमितलाई केही राहत पुग्ने उनले बताए।

उसो त भेन्टिलेटर सस्तो–महंगो दुवै किसिमको हुने भए पनि कोरोना संक्रमितका लागि सामान्यतया सस्तो भेन्टिलेटर नै प्रयोग गरिने उनले जानकारी दिए। ‘भेन्टिलेटर ३–४ प्रकारका हुन्छन्। तर कोरोना संक्रमितहरुका लागि सामान्यतया सस्तो भेन्टिलेटर प्रयोग हुन्छ’ उनले भने, ‘तर भेन्टिलेटर सस्तोमा तीनदेखि दस लाख रूपैयाँ र महँगोको २० लाख रुपैयाँ पर्छ।’

उनले यो अभियान कोरोना संक्रमितका लागि मात्र नभई जोखिममा परेका हरेक नागरिकको लागि भएको बताए। तर नेपालको करिब ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन्।

नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएको छ।

उक्त आवश्यकता पूर्ति गर्न सो अभियान चालेको भन्‍दै अ ब निरन्तरता रहीरहने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?