मनाङमा पनि देखियो कोरोना भाइरस, दुईजना संक्रमित

मनाङमा पनि देखियो कोरोना भाइरस, दुईजना संक्रमित
+
-

मनाङ- कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन्।

लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ।

विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको छ। यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिए।

सङ्क्रमित हुनेमा भरतपुर नगरपालिका-११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर-११ घर भइ ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ।

ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ। संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गरेका छन्।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो। प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?