घरमा आइसोलेसनमा बस्दा के गर्ने?

घरमा आइसोलेसनमा बस्दा के गर्ने?
+
-

नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । मानसिक समस्याहरुमा एन्जाइटी डिसअर्डर, अनिद्रा, डिप्रेसन लगायतका समस्याहरु हुन् । तर यस्तो मानसिक समस्याहरुलाई समयमै ब्यबस्थापन गर्नु भने जरुरी छ ।

अहिले सामान्य एवं लक्षण नभएकोहरुको लागि सरकारले घरमा आइसोलेसनमा बस्न अनुमति पनि दिएको छ । अस्पतालमा बस्नुपर्छ भन्ने तनावले पार्ने मनोवैज्ञानिक असर घरमा बस्दा नपर्न सक्छ। परिवारसँगै छु भन्ने पारिवारिक बाताबरणले आत्मबिश्वास बढ्दछ । नियमित चिकित्सकसँगको सम्पर्कमा घरमा आइसोलेसनमा बस्दा गर्न सकिने केही टिप्सहरु–

–सधैँ कोरोनाको कुरा मात्र सोचेर बस्नु हुँदैन । सामाजिक सञ्जालको प्रयोग अत्यन्त कम गर्नुपर्छ । कोरोनाबारेका समाचारलाई कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । घरमा आइसोलेसनमा बस्दा सृजनात्मक कार्यहरु गर्न सकिन्छ । यसलाई समस्या भन्दा अबसरको रुपमा उपयोग गर्न सकिन्छ ।

–समयमा सुत्ने र समयमा उठ्ने समय छान्नुहोला । केही काम छैन भनेर अल्छी गरेर दैनिकीलाई नबिगार्नुहोला । पर्याप्त निद्रा आबश्यक हुन्छ । तर बिहान सबेरै उठ्नु पनि होला ।

–फुर्सदिलो समयको उपयोग गर्दै दैनिक योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोच कम गर्नुका साथै प्रतिकूल अवस्थामा संयमित बनाउँछ । शरीरलाई सक्रिय राख्न शारीरिक व्यायाम पनि गर्नुपर्छ ।

–सन्तुलित भोजन लिनुपर्छ  । मदिरा, चुरोट, सुर्ती र लागूपदार्थबाट टाढा रहनुपर्छ । बिहान मौसमी फलफूल खानुपर्छ । खाना खानु अघि काँक्रो, गाँजर, मूलाजस्ता ताजा सलाद खानु राम्रो हुन्छ । त्यस पछि खाना खानु राम्रो हुन्छ ।

–दैनिक नरिवल पानी र मौसमको जुसलाई पर्याप्त रुपमा पिउन राम्रो हुन्छ । नरिवलको पानीले शरिर भित्रको मिनरललाई सन्तुलित गर्दछ भने मौसमको जुसले भिटामिन सीको मात्रा बढाउँदछ । यसले बिरामी शरिरमा इम्युनिटी बढाउँदछ ।

–बिहान, दिउँसो, बेलुका खाना खानु अघि काँचो बेसारलाई आफ्नो नङको आकारमा चपाएर खानु राम्रो हुन्छ । यसलाई करिब १४ दिन सम्म लिन सकिन्छ । आयुर्वेद चिकित्सामा बेसारलाई इन्फेक्सन लगायत धैरै समस्याहरु प्रयोग गरिन्छ ।

–दिनमा केही समय आनन्द लाग्ने क्लासिकल संगीत सुन्ने बानी बसाल्नुपर्छ । उत्प्रेरणामूलक पुस्तक बढ्दा पनि सकारात्मक सोच बढाउन मद्दत पुग्छ ।

–बिहानीपखको घाममा करिब ४० मिनेट बस्ने र ताजा हावामा टहल्ने बानीले पनि शरीरमा स्फूर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।

–कोरोना लागेको छ भनेर बिलकुल निरास हुनुहुँदैन । निराशापनले इम्युनिटीलाई असर पुर्‍याउँछ। नेपालमै हेर्ने हो भने कोरोना संक्रमितको तुलनामा निको भएर घर फर्केकाहरु हुनेहरु नै धैरै छन् । जे कुरा भावसहित बारम्बार दोहोर्‍याइन्छ, उक्त कुरा हाम्रो अबचेतन मस्तिष्कमा गएर बस्दछ । त्यसैले हरेक समय म स्वस्थ भइरहेको छु भनेर भावलाई दोहार्‍याउन सकिन्छ । राति सुत्नुअघि र बिहान उठ्नासाथ केही बेर आफू स्वस्थ भएको भावलाई मेरुदण्ड सिधा बनाएर, आँखा बन्द गरी भिजुलाइजेसन गर्नु राम्रो हुन्छ ।

–आफूलाई मानसिक समस्याको कारणले कुनै असहज महसुस भएको छ भने चिकित्सकसँग परामर्शको लागि सल्लाह लिन सक्नुहुन्छ ।

–यीबाहेक चिकित्सकले घरमा आइसोलेसनमा बस्नु अघि दिइएको सल्लाहको शतप्रतिशत पालन गर्नुहोला । ब्यक्तिगत सरसफाई लयायतको अन्य कुरालाई ध्यान दिनुहोला ।

(प्रधान होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरका मनोविज्ञ हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?