ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ

ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ
+
-

चिनियाँ भिडियो एप्लिकेशन टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध विरुद्ध कानूनी प्रक्रिया सुरु गरेको छ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित हुने छ। मध्य सेप्टेम्बर भन्दा अघि नै अमेरिकामा टिकटकको सञ्चालन अधिकारी अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दबाब छ।

टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चीन सरकारलाई प्रदान गर्न सक्ने भन्दै वासिङ्गटनले चिन्ता व्यक्त गर्ने गरेको छ। बाइटडान्सले भने सो कुरा अस्वीकार गर्दै आएको छ।

अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

कानूनी शासनको कार्यान्वयनका लागि ट्रम्पको कार्यकारी आदेशलाई न्यायीक प्रणालीमा चुनौति दिइएको बाइटडान्सका प्रवक्ताले बताएको बिबिसीले उल्लेख गरेको छ।

कानूनी प्रक्रिया यहि हप्ता नै सुरु हुने अपेक्षा रहेको टिकटकले जनाएको छ । शुक्रबार चिनियाँ–अमेरिकीहरुको समूहले वीच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशविरुद्ध पनि मुद्दा दायर गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?