हिल्सामा सोलार मिनी ग्रीडबाट विद्युत उत्पादन हुने

हिल्सामा सोलार मिनी ग्रीडबाट विद्युत उत्पादन हुने
+
-

सिमकोट-नेपालको चीनको सिमाना हिल्सामा सोलार मिनी ग्रीडबाट विद्युत उत्पादन गरिने भएको छ।

सिमाना हिल्सामा चीनतर्फ विद्युतउत्पादन भएर झिलीमिली भएको तर नेपालतर्फ हालसम्म सोलार वा टुक्की बाल्नु परेपछि स्थानीयको मागमा सोलार मिनी ग्रीड निर्माण हुने भएको हो।

धेरै निकायसंग विद्युत उत्पादनका माग गरेपनि हालसम्म कनै निकायले सुनुवाई नगरेको गुनासो हिल्साका स्थानीय कर्मा लामाले गर्दै आउनु भएको थियो।

यसपाली भने उनले सोलार मिनी ग्रीड निर्माण हुने भएपछि खुसी ब्यक्त गर्दै बर्षौ देखिको सपना पुरा हुन लागेको बताए।

हिल्साबाट बारम्बार विद्युतउत्पादन गरि दिने माग आएपछि चालु आर्थिक वर्षमा ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजना, नाम्खा गाउँपालिका र स्थानीयको जनश्रमदानबाट एक सय किलोबाटको सोलार मिनीग्रीडबाट विद्युतउत्पादन हुने परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले बताए।

हिल्सामा १०१ घरधुरी बस्दै आएको र बत्ती बाल्न उक्त मिनी ग्रीडबाट उत्पादन हुने बिधुतले पुग्ने छ। त्यसका लागि प्राबिधिकको टोली हिल्सा पुगेर सम्पुर्ण नापजाँच गर्ने कार्य सम्पन्न गरेर सिमकोट फर्कि सकेको छ।

मंसीर महिनासम्म सोलार मिनी ग्रीडबाट विद्युतउत्पादन गरेर बत्ती बाल्ने योजना परियोजनाको रहेको छ। हाल हिल्सामा विद्युतनहुदा पहुँचका आधारमा सम्पन्नहरुले नीजि श्रोतबाट चिनीया सोलार किनेर बत्ती बाल्ने गर्दै आएका छन् भने न्यून आयश्रोत भएका परिवारले टुक्की, मैनबत्तीबाट उज्यालो गर्ने गर्दै आएका छन्।

हिल्सामा विद्युतउत्पादनका लागि चीनको बुराङ काउण्टीको स्थानीय सरकारले चासो देखाएको भएपनि नेपाल सरकारको अनुमति लिएर मात्र विद्युत उत्पादन गर्ने वा चीन कै सेरामा उत्पादित बिधुतको लाईन निशुल्क हिल्साबासीलाई दिने कार्य अगाडी बढ्न सकेको छैन। जे होस हिल्साबासीको धेरै पहिले देखिको बत्ती बाल्ने सपना भने अब पुरा हुने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?