सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षकमा रायन ह्यारिस

सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षकमा रायन ह्यारिस
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट क्लब दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका पूर्व बलर रायन ह्यारिसलाई बलिङ प्रशिक्षक नियुक्त गरेको छ।

अस्ट्रेलियाकै जेम्स होप्सले व्यक्तिगत कारण देखाएर सहभागी हुन नसक्ने बताएपछि दिल्लीले उनको स्थानमा ह्यारिसलाई भित्र्याएको हो। ह्यारिस आईपिएलमा यसअघि किङ्स इलेभेन पन्जाबबाट खेलाडी र प्रशिक्षक दुवैरुपमा सहभागी थिए। उनी फास्ट बलर हुन्।

अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर पनि उनले काम गरेका छन्। ४० वर्षीय ह्यारिस चाँडै यूएई पुग्ने बताइएको छ।दिल्लीका मुख्य प्रशिक्षक रिक्की पोन्टिङ पनि अस्ट्रेलियाकै हुन्।

आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुँदै छ। भारतमा हुँदै आएको प्रतियोगिता यसपटक देशबाहिर गर्न लागिएको हो।

प्रतियोगिताको फाइनल १० नोभेम्बरमा हुने छ। सन्दीप सन् २०१८ यता आईपीएल खेलिरहेका छन्। उनले अघिल्ला दुई सिजन दिल्लीबाटै खेलेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’