विश्वका १० मुलुक जहाँ एकजना पनि कोरोना संक्रमित छैनन्, तर आर्थिक स्थिति चौपट !

विश्वका १० मुलुक जहाँ एकजना पनि कोरोना संक्रमित छैनन्, तर आर्थिक स्थिति चौपट !
+
-

विश्वभर कोरोनाको महामारीले अहिले विश्वभर  आतंक मच्चाइरहेको छ। तर विश्वका यी १० मुलुकमा भने एकजना पनि कोरोना भाइरस (कोभिड १९)का संक्रमित छैनन्।

सन् १९८२ मा खुलेको ‘द पलाऊ होटल’ मा त्यो समयमा निकै ठूलो मानिन्थ्यो। यो होटेल निकै लोकप्रिय थियो। साथै त्यहा अन्य कुनै पनि होटल नै थिएनन्।

त्यही बेलादेखि निलो रंगमा प्रशान्त महासागरको बीचमा रहेको उक्त देशले त्यसबेला धेरै नै पर्यटन ल्याउन सप्ल भएको थियो। सन् २०१९ मा करीब ९० हजार पर्यटकहरू पलाउ पुगेका थिए। अर्थात यो देशको कुल जनसंख्याभन्दा पाँच गुणा धेरै मानिस पर्यटक बनेर त्यहा घुम्न पुगेका थिए।

पलाउको सीमा मार्चको अन्तिम दिनदेखि बन्द रहेको छ। तर कुनै पनि मानिसलाइ कोरोना संक्रमित नगरीकनै देशलाइ संकटमा पारिदिएको छ। किनकी द पलाउ मार्चदेखि नै बन्द रहेको छ। कोठा खाली छ। पलाउका नागरिकहरूलाइ क्वारेन्टिनमा सुविधा दिएर राखिएको छ।

यस्तै पलाउ जस्तै माइक्रोनेशिया, मार्शल द्वीप समूह,नाउरू,किरिबाती,सोलोमन द्वीप समूह,तुवालु, समोआ,वानुअतु र टोंगा रहेका छन्।

द पलाउका होटलका प्रबन्धक ब्रायनले भनेका छन्, ‘यहाँको समुन्द्र विश्वका सबै ठाउँभन्दा निकै सुन्दर छ।’

कोरोना पहिले यो होटलमा ५४ कोठा मध्ये ७० देखि ८० प्रतिशत जतिबेला नि भरिएका हुन्थे। तर सीमा बन्द भएपछि उनी अहिले कामविहीन भएका छन्।

उनी भन्छन्, ‘ यस्तो एउटा सानो देश हो, त्यसकारण स्थानीयहरू यो होटलमा अाए पनि बस्ने छैनन्।’

उनको टीममा करीब घण कर्मचारी रहेका थिए। तर अहिले उनी सबै कर्मचारीलाइ राखिरहेका छन्। उनीहरूको काम गर्ने समय घटाइएको छ।

उनी भन्छन्, ‘ म दिनहुँ उनीहरूको लागि काम खोज्ने कोशिस गरिरहेको छु। जस्तो राख्ने र ल्याउने काम, कुनै नवीकरणको काम र यस्तयस्तै अरू पनि।’

तर खाली होटलमा यी सबै काम सधै नहुने उनको भनाइ छ। ब्रायन भन्छन्, ‘ म यही तरिकाले ट महिनासम्म त चलाउन सक्छु। तर अन्त्यमा मैले होटल नै बन्द गर्नुपर्ने हुन्छ।’

ब्रायन यस्तो परिस्थिति आउनुमा सरकारलाइ दोष भने दिदैनन्। जसले पलाउको नागरिकलाइ अार्थिक सहायता मात्रै नभइ कोरोना महामारीलाइ सफलतापूर्वक देश बाहिरै राख्न सफल भए।

यता, पलाउकी राष्ट्रपतिले हालै सेप्टेम्बर ज्ञ देखि पुन:हवाइ यात्रा सुरू हुन सक्ने बताएका छन्। तर ताइवानसँ एउटा एयर करिडोर बनाउने कुराकानी भएको र यसले पर्यटकलाइ अनुमति मिल्ने पनि बताइएको छ।

तर यसबारे ब्रायन भने सहमत छैनन्। उनी यस्तो विषम परिस्थितिका बेलामा यो नहुने बताउँछन्।

उनी भन्छन्, ‘सरकारलाइ पुन: व्यापार सुरू गर्नुपर्छ।सायद न्युजिल्याण्ड तथा अन्य अरू मुलुकसँग पर्यटकको लागि एयर बबल सुरू गर्न सहयोग गरियोस्। नत्र यहाँ कुनै पनि काम गर्न लायक रहने छैनन्।’

यस्तै पलाउदेखि करीब ४ हजार किलोमिटरको दूरीमा, विशाल प्रशान्त महासागरको पारी रहेको छ मार्शल द्वीप।जो अहिलेसम्म पनि कोरोनामुक्त रहेको छ। तर पलाउ जस्तै कोरोना संक्रमण नहुनुले त्यहा कुनै प्रभाव नपरेको भने होइन।

यहाँ पनि होटल रोबर्ट रीमर्स एउटा प्रसिद्ध रहेको छ। यसको लोकेशन पनि शादार रहेको छ। कोरोना पहिले होटलको ३७ कोठाहरू अर्थात ७५ देखि ८८ प्रतिशतभन्दा धेरै कोठाहरू प्याक रहन्थे। यहाँ मुख्य रूपले एसिया तथा अमेरिकाका सैलानीबाट पुग्न सकिन्थ्यो । तर जब सीमा नै बन्द भइसकेपछि होटलमा मात्र ३ देखि ५ प्रतिशत काम बाँकी रह्यो।

यस होटलमा समूहको लागि काम गर्ने सोफिया फाउल उनले भन्छिन्, ‘हामीसँग बाहिरी द्वीपबाट आउने पहिले पनि सीमित थियो, तर लकडाउनले झन खत्तम बनाइदियो।’

राष्ट्रिय स्तरमै मार्शल द्वीप समूहमा कोभिड १९ का कारण ७ सयभन्दा धेरै रोजगारी गुमाउने स्थिति भइसकेको छ, जुन सन् १९९७ भन्दा धेरै ठूलो गिरावट हो। यसमध्ये २५८ रोजगारी होटल तथा रेष्टुरेन्ट क्षेत्रको रोजगारी गुम्ने देखिन्छ।

तर मार्शल द्वीप समूहलाइ सेल्फ आइसोलेशनले निक्कै प्रभावित बनाएको छ। किनकी पलाउको तुलनामा यहाँ पर्यटनको निर्भरता कम छ। यहाँ धेरै समस्या माछा उद्योग बन्द भएपछि देखिएको छ।

देशलाइ कोरोनामुक्त राख्नको लागि संक्रमित देशका डुंगाहरू मार्शल द्वीपको बन्दरगाहमा आउनबाट प्रतिबन्ध लगाइएको छ। यसका साथै इन्धनको ट्यांकर था कन्टेनर जहाजसहित अन्य ठूलो नाकामा प्रवेश गर्नु अगावै समुन्द्रमै १४ दिन रोकेर राख्न निर्देशन दिइएको छ।

यसका साथै इन्धनको ट्यांकर था कन्टेनर जहाजसहित अन्य ठूलो नाकामा प्रवेश गर्नु अगावै समुन्द्रमै १४ दिन रोकेर राख्न निर्देशन दिइएको छ।माछा समात्नका लागि लाइसेन्स रद्द गरिएको भने कार्गो उडानमा समेत कटाै ती गरिएको छ।

खासमा कोराना संक्रमणलाइ बाहिर देशलाइ राख्न सकेपनि हराउन भने नसकिने रहेछ। यही कारण कोभिडकै कारण सीमा बन्द भएपछि केही देश भने गरीबीको चपेटामा परेका छन्।

डाक्टर लेन टारिवोटा वानुअतुमा सार्वजनिक स्वास्थ्य विभागका निर्देशक हुन। उनी तीन लाख बस्ती रहेको राजधानी क्षेत्रमा पोर्ट भिल्लामा काम गर्छन्। उनी आफै अम्बेदेखि प्रतिनिधित्व गर्छन जहाँको जनसंख्या करीब १० हजार रहेको छ।

उनी भन्छन्, ‘ अम्बेको मानिससँग कुरा गर्नुहुन्छ भने उनीहरू सीमा बन्द नै रहनुपर्छ भन्ने तर्क गरिरहेको जस्तो लाग्छ।’ उनी पनि जबसम्म कोरोना हट्दैन तबसम्म सीमा बन्द गर्ने पक्षमै छन्, किनकी उनीमा पनि महामारीको ठूलो भय छ। उनी यसको सामना गर्न चाहदैनन्।

डाक्टर लेन टारिवोडाका अनुसार वानुअतुको करीब ८० प्रतिशत मानिसहरू शहर तथा औपचारिक अर्थ व्यवस्थाभन्दा बाहिर छन्।

अनका अनुसार बन्दले केही फरक नपार्ने किनकी उनी किसान भएकाले आफ्नो लागि आफै जोहो गर्छन्, स्थानीय, पारम्परिक अर्थव्यवस्थामा निर्भर रहेको छ।

तर पनि वानुअतु सरकारले १ सेप्टेम्बरसम्म केही सुरक्षित देशको लागि आफ्नो सीमा खुल्ला योजना बनाए पनि अस्ट्रेलिया तथा न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण बढेपछि उक्त योजना नै रद्द गर्नु पर्यो।

डाक्टर टारिवोडा भन्छन्, ‘ समस्या र सीमा खोल्ने आवश्यकताको बाबजुत पनि कुनै हतार भने गर्दैनन्।’

उनी पपुवा न्यूगिनीको उदाहरण दिँदै भन्छन्, ‘ त्यहाँ जुलाइको अन्तिमसम्म कुनै पनि कोरोना संक्रमित थिएनन्।तर पपुवा न्युगिनीले जबरजस्ती गर्यो, कोरोना संक्रमण आगो सरी नै फैलियो।यही कारणले हामी पनि चिन्तित छाै।’

स्रोत- बीबीसीबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?