
काठमाडौँ- उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकामा कर्फ्यू लगाउन दिएको सुझावप्रति व्यवसायीहरुले विरोध जनाएका छन्।
उनीहरूले लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठप्प भएको अवस्थामा कर्फ्यू लगाउनु गरैजिम्मेबार तर्क भएको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका हुन।
सामाजिक सञ्जाल फेसबुकमा व्यवसायी प्रबलजंग पाण्डेलेले आक्रोश पोख्दै लेखेका छन्, ‘१५ दिन कर्फ्यू लगाउन सुझाव दिने नगरपालिका फोरमले अघिल्लो १४ दिनको सटडाउनमा कोभिड नियन्त्रणमा के गर्यो र १५ दिन कर्फ्यू लगाउँदा के गर्ने भनेर योजना जनता समक्ष प्रस्तुत गरेको भए हुने थियो। दायित्व पूरा गर्न नपरेपछि जे बोले पनि भयो नि।’
यसका साथै पाण्डेको उक्त सुझावको प्रतिक्रियामा अर्का व्यवसायी विप्लवमान सिंहले कर्फ्यू लगाउने सुझाव दिनेहरुको तलब भत्ता रोक्नुपर्ने माग गरेका छन्।
‘उनले उक्त प्रतिक्रियामा लेखेका छन्, ‘यिनीहरु पागल हुन्। यिनीहरुको तलबभत्ता पनि रोकिनुपर्छ। अनि थाहा हुन्छ लकडाउन के हो भनेर।’