
सिमकोट- हिमाली जिल्ला हुम्लाका पशुवस्तु नदी वारापार गर्न नदीमै हामफाल्न बाध्य भएका छन्।
वारपार गर्ने पुलको ब्यबस्था नभएपछि सिधैँ नदीमा हाम फालेर तर्न बाध्य भएका हुन।
नदीको एक पट्टीबाट अर्को पट्टी पशुलाई लैजानु पर्यो भने पशुलाई सिधैँ नदी तर्नुको विकल्प नभएको सिमकोट गाउँपालिका वडा नम्बर १ नेरेन्द्र लामाले बताए। काठेपुल तर्न ढिलो हुने भएपछि पशुलाई सिधैँ नदी तर्न लगाइने गरिन्छ।
कति पशुले निक्कै तलसम्म बग्ने गर्छन्।त्यसपछि तैरेर अर्को किनारामा जाने गर्छन्।लामाले एक हुल पुशलाई सिधै नदीमा लगाएर तारेका थिए।
पानी ठुलो भएको बेला निक्कै रिक्स हुने गर्छ।कति पशु त बगेर पनि जान्छन्। यसबाट खर्कालुलाई क्षति पनि हुने गर्छ।तर निक्कै जोखिम मोलेर जानुको बिकल्प नभएको लामाले बताए।
यसरी कर्णाली नदीको सहायक नदी दोजाम कर्णालीमा दैनिक पशुले नदी वारपार गर्नु चुनाैती बन्दै गएको छ।