रोडिकोटमा आगलागी हुँदा ६० लाखको क्षति

रोडिकोटमा आगलागी हुँदा ६० लाखको क्षति
+
-

सिमकोट-जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका वडा नं. ७ को रोडिकोटको ठूला गाउँमा भएको आगालागीबाट साठी लाख बराबरको क्षति भएको छ।

आगलागीबाट छ घर जलेर पुर्ण नष्ट भएका थिए भने सात घरमा क्षति पुगेको थियो।

जलेर पुर्ण नष्ट भएका घरधुरी र क्षति पुगेका घरधुरी गरि आगालागीबाट कुल क्षति ५९ लाख ५५ हजार भएको प्रहरी निरीक्षक सिताराम बिष्टले बताए। घर आगालागी भएपछि पीडितहरु घरबारविहीन भएका छन्।

अध्यक्ष जैशीले घरहरु जोडिएर निर्माण गरिएको कारण ठुलो क्षति भएको हो। आगलागीबाट सर्केगार्ड गाउपालिका वडा नं. ७ ठुलागाउको बाहुन बाडामा रहेका जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देबिसिंह जैशी, रुपकला जैशी र मथन जैशीका गरि ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए।

आगालागीबाट संगै जोडिएका अन्य सात घरमा क्षति भएको छ। गत बुधवार बेलुका ठुला गाउको बाहुन बाडामा रहेको जोख्या जैशीको घरबाट सल्किएको आगो गाउँका अन्य घरमा फैलिएको थियो।

सबै घरसँगै जोडिएकाले आगो निभाउनका लागि जोडिएका केही घरको बिचमा भत्काउदा क्षति पुगेको थियो आगलागी स्थल जिल्ला सदरमुकामबाट डेढ दिन पैदल लाग्ने गर्छ।

अग्नी पीडितका लागि राहतको लागि पहल भइरहेको जनाइए पनि हालसम्म पिडितका हातमा केही पुग्न सकेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?