हुम्लाका बालबालिकालाई खर्कमै पुगेर स्वास्थ्यकर्मीको खोप

हुम्लाका बालबालिकालाई खर्कमै पुगेर स्वास्थ्यकर्मीको खोप
+
-

सिमकोट-हुम्लाका स्वास्थ्यकर्मीले करीब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर स्वास्थ्यकर्मीले बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेका छन्।

सरकारी नीति अनुसार खोप कार्यक्रम फिल्डमै गएर गर्नुपर्ने भएपछि हुम्लाका स्वास्थ्यकर्मीहरूले खर्कमै पुगेर बालबालिकालाइ खोप लगाएका हुन।

चौध महिने छोरालाइ खोप लगाउन पाएपछि सिमकोट गाउँपालिका वडा नम्बर १ की जुम्कित लामा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘काखे नानी बोकेर डेढ दिन पैदल हिड्नु, जंगलको बाटो र त्यो पनि यो गर्मीमा गाउँको स्वास्थ्य सेवा केन्द्रमा पुग्न सहज थिएन। तर यही अाएर डाक्टर साबले खोप दिनुभयो। खुसी लागेको छ।’

छोरीसँग पालभित्र बसेकी उनको जस्तै यहाँका अधिकांश महिलाहरू यही समस्या भोग्दै अाएका छन्।

यता, स्वास्थ्यकर्मी रत्न बोहराले छुटेका बालबालिकालाई खोप लगाउनकै आफूहरू डेढ दिन पैदल हिडेर खर्कमा पुगेका बताए।
उनले भने, ‘जागिर खाएपछि नजिक टाढा नभनि काम गर्नै पर्यो। फेरि बालबालिकाको स्वास्थ्यको सवाल पनि छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?