परिश्रम

भैँसी पालनमा रमाएका फुर्तीराम भन्छन्, ‘चामल भन्दा दाना महँगो’

भैँसी पालनमा रमाएका फुर्तीराम भन्छन्, ‘चामल भन्दा दाना महँगो’
+
-

दाङ– राजपुर गाउँपालिका वडा नं. ५ चंगुवा निवासी फुर्तीराम यादवले भैँसीलाई ‘सुन्दरी’ झैँ स्याहार सुसार गर्ने गर्छन् । उनको हरेक दिनको बिहानी भैंसी गोठबाटै सुरु हुन्छ ।

पहिलो काम भकारो सोर्ने हुन्छ । त्यसपछि दानापानी दिने अनि दूध दुहुने काम हुन्छ । बिहानको समय भैँसी गोठमै बित्छ । दिउँसो भैँसी ग्वाला जानुपर्छ । भैँसीलाई नुहाईदिन खाल बाल्छन् ।

‘भैँसी हिलोपानीमा डुब्न खुब मन पराउँछ’ फुर्तीरामले भने–‘भैँसीलाई नुहाइदिन म आफै खोलामा पस्छु ।’

बेलुका गोठमा बाध्न ल्याइपुर्‍याउछन् । बिहान र बेलुका दुई पटक दूध दुहुने गर्छन् । भैँसीको दूध बेच्न दुःख भने छैन । दैनिक पाँच लिटर दूध बिक्री हुन्छ । घर नजिकै दूध संकलन केन्द्र छ । दूध बिक्री गर्न त्यहीँ लैजान्छन् । पहिला दूध बिक्री गर्न समेत दुःख थियो ।

बजार नहुँदा दूध बिक्दैनथ्यो । तर, अचेल घर घरमा दूध खोज्न ग्राहाक आइपुग्छन् । त्यही भएर पनि फुर्तीरामलाई भैँसी पाल्न अझै रहर लागेर आउँछ । फुर्तीरामको परिवारको खर्च धान्ने यिनै भैँसी हुन् । दाल, चामल सकियो भने पनि दूध बेचेकै पैसाले किन्नुपर्छ । दुःख बिमार हुँदा पनि भैँसी नै आधार बन्छ । जीवन चलाउनेनै भैँसी नै हो । त्यही भएर फुर्तीरामले भैँसी पाल्न छोडेका छैनन् । भैँसी पालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् ।

‘बुवा, आमाले पनि भैँसी पालेको देखेँ । उहाँहरुबाटै सिकेको हुँ’ यादवले भने–‘अहिले पनि भैँसीले नै चलेको छ जीवन ।’

धेरै भनेको २०/२२ भैँसी पाले । घाँस, दाना पुर्‍याउन धौ हुन थालेपछि आठवटा भैँसीमा झार्नु परेको छ । मान्छेले खाने चामल भन्दा भैँसीलाई खुवाउने बरान (दाना) महंगो हुन थालेकोमा यादवले चिन्ता व्यक्त गरे । ‘भैँसी धेरै पालौँ भन्ने लाग्छ । तर, कसरी भैँसीको भोको पेट भर्ने भन्ने चिन्ता लागिरहन्छ’उनले भने–‘पेटभरी दाना खुवाएर भैँसी पाल्न धौ छ ।’

नजिकमा घाँस पाइँदैन । अन्त गोठ सारेर पाल्न सक्ने अवस्था छैन् । फुर्तीराम र उनको एक छोरा मात्रै गरी दुई जनाको परिवार छ । फुर्तीरामको जीवनमा आठ वर्ष अघि ठुलो बज्रपात पर्‍यो । फुर्तीरामले श्रीमती गुमाउनु पर्‍यो । बिरामी श्रीमतीको धेरै ठाउँ उपचार भयो । निको भएन ।

यादवलाई आफन्त र छरछिमेकीले विवाह गर्न सल्लाह दिए । तर, यादवले मानेनन् ।‘सबैले टिठ मान्छन् । खाना पकाएर खुवाउने मान्छेसम्म भएन । अर्काे बिहे गर भने । मैले मानिनँ’उनले भने–‘छोराको बिहे गर्ने बेलामा बुवाले कसरी गर्ने भन्ने जवाफ दिएर मुख थुन्छु । बुहारी आइन् भने सजिलो भैहाल्छ नी ।’

देउखुरीका यादव समुदायको मुख्य पेशा भनेकै दूध उत्पादनको लागि भैँसी पालन हो । यो व्यवसायबाट धेरैको राम्रो आम्दानी भएको छ । तर, परम्परागत रुपमा गरिने भैँसी पालन व्यवसायले गुजारा मात्रै चल्ने गरेको छ ।

फुर्तीराम जस्ता धेरै यसैगरी भैँसीको स्याहार सुसारमा लाग्ने गरेका छन्। लमही, घोराही, तुलसीपुर सम्म यहाँको दूध, दही पुग्ने गर्छ । लकडाउनले गर्दा घर घर पुगेर दूध, दही बिक्री गर्न नपाए पनि दूध संकलन केन्द्रमार्फत दूध बिक्री गर्दै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?