यस वर्ष लाप्चा लेकबाट मानसरोवर कैलाश दर्शन गर्न सुरु

यस वर्ष लाप्चा लेकबाट मानसरोवर कैलाश दर्शन गर्न सुरु
+
-

सिमकोट- यस वर्ष पबित्र धार्मिक स्थल मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चाबाट गर्न सुरु भएको छ।

यसअघि कोरोना त्रास र मौसम प्रतिकुल हुदा मानसरोवर कैलाशको दर्शन गर्न नसकिएको अबस्थामा भदौ दोस्रो साताबाट मौसममा सुधार आउदा त्यो सम्भव भएको हो।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा लेकबाट पहिलो पटक नेपाली भुमिबाट मानसरोवर कैलाशको दर्शन गर्नु पाउनु भएका चलचित्र कालो पोथीका निर्देशक मिन बहादुर भामले यो अबसर कसैलाई नछुटाउन आग्रह गरेका छन्।

करिब पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मौसम सफा भए स्पष्ट रुपमा कैलाश पर्बत र मानसरोवर ताल स्पष्ट देखिन्छ। मानसरोर कैलाशको दर्शन गर्न र लिमी भ्यालीमा फिल्मी लोकेशन हेर्न जानु भएका निर्देशक भामले आफ्नै भूमिबाट दर्शन गर्नुको मजौ अर्कै हुने बताए। कैलाश पर्वतको चुचुरो र ताल एक साथ देखिने भएको कारण आन्तरिक पर्यटकहरु जाने गर्छन्।

त्यस्तै लाप्चा लेक पुगेर मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुनु भएका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कोरोना संक्रमणका बेला आफ्नै भुमिबाट मानसरोवर कैलाशको दर्शन गर्न पाइएको बताए।

यसको प्रचार प्रसार र प्रर्बद्धन गर्न सके यसबाट गाउँपालिकाले पनि राम्रो फाईदा लिन सक्नेतर्फ हमालले जोड दिए। मौसम खुल्ने सिजन सुरु भएको कारण भदौ पन्द्र पछि तीन वटा आन्तरिक पर्यटकहरुको समुहले मानसरोवर कैलाशको दर्शन गरिसेका छन्।

केही समुहले दर्शन गर्न जाने तयारी गरि रहेका छन्। अब मौसम सफा हुने समय सुरु भएकोले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन कात्तिक महिनासम्म गर्न सकिनेछ।

यसलाई गाउँपालिका र कर्णाली प्रदेश सरकारले व्यवस्थित बनाउन सके पर्यटकीय गन्तव्य बन्ने संभावना बढी रहेको छ।लाप्चा जाने बाटोमा पर्यटकहरुले जङ्गली जनावरहरुलाई पनि देख्न पाउछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?