
सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ ।
एक हप्ता अगाडि घरको छतमा लडेर घाइते भएका हमालको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएर नेपालगञ्ज लगि उपचाररत हमाललाई बिहीबार मात्र काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको उनका भाइ बबरजंग हमालले बताए।
मृतक हमालको नेपालगञ्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्।
गत भदौ १९ गते हमाल छतबाट लडेर घाइते भएका थिए।
३७ वर्षका हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।