छतमा तरकारी खेती गर्दै दुर्गमका युवा

छतमा तरकारी खेती गर्दै दुर्गमका युवा
+
-

सिमकोट-शहर बजारमा तरकारीको कौसी खेती फस्टाई रहेका बेला दुर्गम क्षेत्रमा पनि माटोले छापेका घरको छतमा पनि खेती गर्नेतर्फ युवाहरुको आर्कषण बढ्न थालेको छ।

शहरमा बस्दै आएका युवामा देखासिकी र ठाउँको समेत सदुपयोग गर्नको लागि यो खेतीले मौलाउने अबस्था पाएको हो।

केही वर्ष अगाडीसम्म हुम्ला तरकारी भने कै साग, चोतो, आलु, सिमी मात्र हुदै आएको सिमकोट गाउँपालिका वडा नम्बर ५ जंग रोकायाले बताए । त्यो पनि तरकारी नभई तिहुनका रुपमा प्रयोग हुने गर्थ्यो।

पछिल्ला वर्षमा करेसावारीमा नयाँ तरकारीका रुपमा लगाउन थालिएको हो । उनले घरको छतमा जिम्बो ( फरन ) बाहेक अरु केही नलगाईने गरेको बताए । मानिसले घर घरका छतमा जिम्बो लगाउनु सामान्य जस्तै थियो। तर उनले अहिले शहरमा घुमेका युवाले घरको छतमा सबै खाले तरकारी फलाउन थालेको तर्फ संकेत गरे।

किसानका अनुसार यो तरकारी खेती गर्ने राम्रो उपाय र छतको सदुपयोग पनि हो । यस पटक घरको छतमा तरकारी खेती सुरु गर्नु भएका खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को प्युसका जीवन बहादुर शाहीले आठ प्रकारका तरकारी फलाएर त्यसको उपभोग गरेका छन्। उनले मुख्य गरि टमाटर र त्यो संगै बन्दा, काउली, साग, धनियाँ, गाँजर र मुला फलाएको बताए।

मानसरोवर नमूना माविमा बाली बिज्ञानको सहायक प्रशिक्षक समेत रहनु भएका शाहीले सधै खाली रहने छतलाई पुर्ण रुपमा प्रयोगमा ल्याएर समाजमा नमूना पनि बन्न लागेका छन्। उनले मुख्य गरि कौसी खेती शहर बजारमा देखेकै कारण हुम्लामा पनि सुरुवात गरेको र त्यसबाट प्रतिफल पनि राम्रो आउन थालेको बताए।

उनले यस पटक बिक्री नगरे पनि आफुलाई तरकारी खान र आफन्तलाई दिन भने राम्रैसंग पुगेको बताए। खाली रहेका छतमा बोरा वा कार्टुनमा माटो राखेर तरकारी खेती गरेपछि सधै तरकारी लगाउने बारीमा अरु अन्न वा फलफुल लगाएर फाईदा लिन सकिने देखिएको छ।

यो शाहीले मात्र होइन अरु धेरै युवाहरुले पनि घरको छतको सदुपयोग गरेर तरकारी फलाउन थालेका छन् । देखासिकी कै कारण धेरैले यो खेती गर्न पनि थाल्नु भएको छ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले माटोको ब्यबस्थापन गर्न सके छत सधै खाली रहने हुम्लामा यो प्रबिधि निक्कै उपयुक्त हुने बताए।

उनले केही युवाले छतको सदुपयोग गरेर तरकारी फलाउने बिधिलाई बाह्रै महिना यसरी तरकारी खेती गर्न सकिने समेत बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?