
सिमकोट – कर्णाली नदीको सहायक नदी दोजाम नदीमा बनेको झोलुङ्गे पुल प्रयोग बिहीन भएको छ । मानिस तथा पशु आउजाउ गर्ने स्थान भन्दा अपायक पर्ने स्थानमा उक्त पुल बनेपछि प्रयोगमा आउन नसकेको हो ।
सिमकोट गाउँपालिका वडा नम्बर १ दोजामका स्थानीयले अपायक स्थानमा पुल निर्माण गरिएको बताएका छन्।
चुवाखोला क्षेत्र जाने कसैले पनि सो पुल प्रयोग गर्ने गरेका छैनन् । नदीको पश्चिम पट्टी असजिलो बाटो भएकै कारण मानिसले पुल तर्न नमानेको हुन्।
स्थानीय बासिन्दाले पुल बनेको तीन सय मिटर तल काठे पुल बनाएर आउजाउ गरिरहेका स्थानीय छिबी लामाले बताए।
दुई वर्ष अगाडि नै पायक स्थानमा पुल निर्माण गर्न आफूहरुे गरेको आग्रहको सुसनुवाइ नभएको लामा बताउँछन्।
प्रयोगमा नआएप्छि लाखौँ खर्च गरी तयार पारिएको पुल जिर्ण बन्दै गएको छ।
आवश्यक ठाउँमा पुल नबनेपछि चुवाखोला क्षेत्रमा पशु पाल्न, जडिबुटी संकलन गर्न र चीनसँगको नाका ताकु लेखमा व्यापार गर्ने जाने स्थानीयको काठेपुल तर्ने जोखिम भने हट्न सकेको छैन ।