ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिंकको घोषणा

ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिंकको घोषणा
+
-

काठमाडाै-वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ।

२५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो।

‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने।

कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ।

यस्तै दूरसञ्चारकाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे।

‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ। विकट ठाउँमा सफलतापूर्वक सेवा दिन सफल भएकोमा म कम्पनीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन।’

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे।

आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए।

‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए। ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे।

भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?