नागरिकका गुनासो सुन्न सिडिओ कार्यालयमा २४ घन्टे हटलाइन

नागरिकका गुनासो सुन्न सिडिओ कार्यालयमा २४ घन्टे हटलाइन
+
-

जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु भएको छ।

नागरिकका गुनासो सुन्न तथा समस्या समाधान गर्नका लागि बिहीबारदेखि हटलाइन सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

जिल्लाको शान्तिसुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनका कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाहः एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासा लिएर सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा सञ्चालन भएको हो ।

२४ सै घण्टा हटलाइन सेवा सञ्चालन हुने र गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासोहरु तत्कालै र अन्य गुनासोहरु सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ ।

हटलाइन नम्बर ०६६५२१३९९ र सिंधै प्रमुख जिल्ला अधिकारीको मोबाइलमा समेत गुनासो तथा उजुरी दिन सकिने भएको छ ।

छ महिनापछि लमजुङमा पुनः यातायात सञ्चालन लमजुङमा कोरोनाको त्रास तथा लकडाउनका कारण सार्वजनिक सवारीसाधन ठप्प भएको करिब ६ महिनापछि यातायात सञ्चालनमा आएको छ ।

कोभिड १९ का कारण गत चैत ११ गतेबाट बन्द रहेको यातयात सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो । यतिबेला लामो तथा छोटो दूरीका सवारी साधन चल्न थालेको छ ।

यातायात व्यवसायीले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लामो तथा छोटो दूरीका सवारी साधन चलाइएको छ । लमजुङबाट काठमाडौं, पोखरा, चितवनलगायत ठाउँसम्म सवारी सञ्चालन भएको छ ।

लमजुङकालिका यातायात सञ्चालन प्रालिका अध्यक्ष कृष्णबहादुर अधिकारीले आधा सङ्ख्यामा यात्रु राखेर सवारी सञ्चालन गरिएको बताए। सवारी सञ्चालनमा आएपनि पहिलो दिन भएकाले यात्रुहरु कम आएको चालकको भनाइ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?