हुम्लाका गाउँ-गाउँमा कोरोनाबारे सचेतना जगाउँदै स्वास्थ्यकर्मी

हुम्लाका गाउँ-गाउँमा कोरोनाबारे सचेतना जगाउँदै स्वास्थ्यकर्मी
+
-

सिमकोट-हालसम्म कोरोना संक्रमणबाट ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लाका गाउँ गाउँमा पुगेर स्वास्थ्यकर्मीहरु जनचेतना जोगाउन थालेका छन्।

संभावित हुन सक्ने कोरोनाबाट बच्ने उपायहरु ग्रामीण बस्तीमा बस्ने स्थानीयलाई सो उपायहरुका बारेमा जानकारी गर्न थालिएको छ।
उत्तरी हुम्लामा नाम्खा गाउँपालिकाका बिभिन्न वडाका बस्तीमा पुगेर कोरोनाबाट बच्ने उपाय बारे जनचेतना जोगाउने कार्यक्रम सञ्चालन भई रहेको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताइन्।

समुह बनाएर कोभिड महामारीबाट बच्ने उपाय र रोकथाम बारे छलफल गर्ने कार्य भएको उनले बताइन्। छलफलमा माक्सको प्रयोग, साबन पानीले पटक पटक हात धुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, भिडभाड गर्न नहुने, जनस्वास्थ्यका सुरक्षाका बिधि अपनाउने जस्ता कुरा स्थानीयलाई जानकारी गराउने कार्य भएको उनले बताइन्।

यसरी नाम्खा गाउँपालिकाका बस्तीहरुमा यो कायृक्रम एक हप्तासम्म सञ्चालन हुनेछ। चीनसँगको सिमाना हिल्सा नाका बन्द भएको कारण जिल्लाका अन्यत्रबाट सो गाउँपालिकामा भित्रिने मानिसबाट मात्रै जोखिम रहेको तर्फ पनि स्थानीयलाई छलफलका क्रममा सचेत गरिएको थियो। नाम्खाका गाउँबस्तीमा यसरी कोभिड बिरुद्ध पहिलो पटक जनचेतना जोगाउने कार्य भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?