हुम्ला बजारमा नयाँ आलु, मुल्य आधा सस्तियो

हुम्ला बजारमा नयाँ आलु, मुल्य आधा सस्तियो
+
-

सिमकोट-हुम्लामा आलुको मुल्य सस्तिएको छ । आलुको ब्यबसायी खेती हुदा उत्पादनमा बृद्धि हुनु र नयाँ आलु बजारमा आएसँगै मुल्य घटेको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर १ अम्मरसिंह भण्डारीले हाल आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँमा बिक्री हुने गरेको बताए।

ब्यबसायीक रुपमा आलु खेती गर्दै आउनु भएका भण्डारीले नयाँ आलु बजारमा नआउदासम्म प्रतिकेजी सत्तरी रुपियाँ पर्ने भएपनि नयाँ आएसंगै आधा मुल्य घटेको बताए ।

आलु खेती घरयासी प्रयोगका लागि गरिने भएको भएपनि पछिल्लो समय आम्दानी हुन थालेपछि आलुको ब्यबसायीक खेती सुरु भएको छ । हुम्लामा यो अबधि आलुको मुख्य सिजन सुरु भएको छ।

ब्यबसायी आलु खेती गर्ने किसानको संख्या बृद्धि भएपछि प्रतिश्प्रर्धाका आधारमा आलुको मुल्य घटेको किसानले बताएका छन्।

यसरी किसानबाट किन्दा आलुको मुल्य प्रतिकेजी पैतीस रुपियाँ परेपनि बजारमा भने चालीस रुपियाँ पर्ने स्थानीय पेमा लामाले बताउदै केही समय अगाडीको तुलनामा आलुको मुल्य आधा घटेको बताए।

आलु जिल्ला भरि खेती हुने भएपनि बजारको कारण सिमकोट गाउँपालिकाका आठ वटै वडामा आलु राम्रो उत्पादन हुनेगर्छ। किसानको राम्रो उत्पादनको श्रोत आलु भएको छ। किसानहरुले पनि आलुको ब्यबसायीक खेती सुरु गर्न थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?