हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’

हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’
+
-

काठमाडौँ – हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले त्यसको खण्डन गरेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले पत्रकारलाई साे विषयमा जानकारी दिँदै नेपाली भूमिमा भवन नबनाएको उल्लेख गरेकाे हाे।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित रहेको दाबी गरेका छन्।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले सीमित पत्रकारलाई सो विषयमा स्पष्ट पार्दै भनेका छन्, ‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले जहिले पनि नेपालको सर्वाभौमसत्ता र भौगोलीक सीमा सम्मान गर्छ । सञ्चारमाध्यममा नेपाली भूमिमा चीनले बनाएको भन्ने भवन चीनकै भूमिमा रहेको हामीले पुष्टि गरेका छौँ ।’

उनले अघि भनेका छन्, ‘नेपाली पक्षले पनि त्यस विषयमा फेरि पुष्टि गरोस् । चीन र नेपालबिच सीमालाई लिएर कुनै पनि विवाद छैन । सीमाको विषयलाई लिएर दुई पक्षले सदैव राम्रो संवाद गर्दै आएको छ ।’

चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको खुलेपछि त्यसको स्थलगत निरीक्षण गर्न हुम्लाका प्रमख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरुको टोलीले त्यस क्षेत्रको भ्रमण गरेर फर्केको छ। यद्यपि प्रजिअहरुको टोलीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

उक्त टोलीसँगको भेटमा पनि चिनियाँ पक्षले भवन निर्माण भएको क्षेत्र चीनकै रहेको जिकिर गरेको टोलीका सदस्यले जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?