
सिमकोट-नयाँ निर्माण भएको भवनलाई गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
कोरोना कहरकाबीच निर्माण कार्य सम्पन्न भएको भवनलाई सञ्चालनमा ल्याउनका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
कोरोना संक्रमण फैलि रहेको बेला छोटो समयमा निर्माण कार्य सम्पन्न भएपछि गाउँपालिकालाई भवन हस्तान्तरण गरिएको निर्माण कम्पनीका प्रतिनिधि लोक बहादुर हमालले बताए।काम सम्पन्न भएको र त्यसलार्य जति सक्दो चाँडो प्रयोगमा ल्याउनका लागि खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताए।
निक्कै स्तरीय भवन निर्माण भएको भएपनि स्वास्थ्य चौकी र प्रसुती गृहका लागि आबश्यक पर्ने उपकरण तथा सामाग्रीको भने अभाब देखिएका छ।
बाहिर भवन बने अनुसार भित्रका लागि आबश्यक पर्ने सामाग्री जुटाउन गाउँपालिका र वडा चुनौती भने थपिएको छ। यसका लागि सो स्वास्थ्य चौकी सहयोगी हातको पर्खाईमा रहेको देखिन्छ।
गाउँपालिकाको करिब एक करोड लागतमा निर्माण भएको भवनलाई आबश्यक सामाग्रीको ब्यबस्था गरेर जति सक्दो चाँडो प्रयोगमा ल्याउनु पर्ने पुर्ब मन्त्री तथा कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले बताए।
स्वास्थ्य क्षेत्र सबै भन्दा महत्वपुर्ण भएको र बनेको भवनमा आबश्यक सामाग्रीको बन्दाबस्ती गरेर जनशक्तिको ब्यबस्था गरेर सञ्चालनमा ल्याउन उनले आग्ह गरे। यसअघि छिप्रा गाउँमा रहेको स्वास्थ्य चौकी साँघुरो भवनमा सञ्चालन हुदै आएको थियो । बिरामीलाई उपचार गर्न पनि कठिन हुने गरेको छ।
अहिले वडाका चार वटै बस्तीलाई पायक पर्ने र भवन पनि ठुलो भएपछि उपचारमा सहजता आउने छ। त्योसँगै भवनमा प्रसुती गृहको पनि ब्यबस्था गरिने छ।
जनताको आवश्यकतालाई नै ध्यान दिएर वडा नमबर ४ को नल्न पुलमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए।
यसअघि भएका स्वास्थ्यकर्मीलाई पनि भवन अभाव हुदा उपचारमा कठिनाई हुने गरेकोमा अब त्यो समस्या समधान हुने उनले बताए।