लाप्चाबाट फर्केपछि हुम्लाका सिडिओ भन्छन् ‘अहिले केही बोल्दिनँ’

लाप्चाबाट फर्केपछि हुम्लाका सिडिओ भन्छन् ‘अहिले केही बोल्दिनँ’
+
-

हुम्ला – नेपाली भूमि लाप्चामा चीनले भवन बनाएको विषयमा अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी नेतृत्वको टोली बिहीबार साँझ सदरमुकाम सिमकोट आइपुगेको छ। टोली लिमीको लाप्चा देखि हिल्सासम्म अनुगमन गरेर फिर्ता भएको हो ।

सीमा स्तम्भ र भवन बनेको स्थानको अनुगमन गरेर फिर्ता आएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए। उनले स्थलगत अनुगमनबारे तयार पारिएको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने बताए। उनले स्थलगत निरीक्षणबारे अहिले सञ्चार माध्यममा प्रतिक्रिया नदिने बताए।

टोलीका सदस्यलाई जथाभावी नबोल्न र प्रतिवेदन तयार गरी पेश गर्न मन्त्रालयको निर्देशन छ। प्रजिअ गिरीले अनुगमनको उपलब्धी हराएको भनिएको ११ नम्बर पिलर भेटिनु रहेकाे बताए।

गत असोज ३ गते नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लाप्चा क्षेत्रमा नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको कुरा बाहिर आएपछि अनुगमनका लागि टोली त्यसतर्फ लागेको थियो।

उक्त टोलीले अनुगमन प्रतिवेदन नबुझाउँदै सरकारले हुम्लामा चीनबाट नेपाली भूभाग अतिक्रमण नभएको बताइसकेको छ । गत बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको हल्ला निराधार रहेको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?