
सिमकोट – कतै मलको समस्या भइरहेको बेला हुम्लाको चुवा खोला क्षेत्रमा भने बर्षेनि पाँच सय क्विन्टल गोठे मल खेर जाने गरेको छ।
जेठबाट कार्तिक महिनासम्म पशुबस्तु खर्कमा राख्ने क्रममा तयार भएको गोठे मल प्रयोगमा आउन नसकेपछि खेर गएको हो ।
चुवा खोलामा विगत १७ वर्षदेखि खर्कालाका रुपमा काम गदै आएका छिमी लामाले वर्षमा कम्तीमा पाँच सय क्विन्टल गोठे मल खेर जाने गरेको बताए ।
६ महिनासम्म खर्कमा पशुबस्तु राख्दा तयार भएको मल कुनै प्रयोगमा नआउने भएपछि खेर जाने गरेको हो । पिपल्याडी साँघु देखि राकार्बुसम्मको ४० किलोमिटर क्षेत्रमा खुला चौरमा पशुबस्तु बस्दै आएन छन् । पशु बस्ने चौरमा जताततै गोठे मल हुने तर त्यो सबै खेर जाने गरेको लामाले बताए ।
हुम्ला जिल्ला रासायनिक मल मुक्त जिल्ला भए पनि यसरी खर्कमा तयार भएको गोठे मल प्रयोगमा आउन सकेको छैन ।
पछिल्लो समय खर्कालाले खर्कमै साग लगाउन थालेपछि केही मा मात्रामा मात्रै मलको प्रयोग हुन थालेको छ । किसानले खर्कमा खेर जाने मल प्रयोग गर्ने वातावरण तयार गर्न सके उत्पादनमा वृद्धि गर्न सकिने अर्का स्थानीय जैधन भण्डारीले बताए।