चीनले नेपाली भूमि हडप्यो, भवन बनाएको क्षेत्र नेपालकै हो: कांग्रेस नेता शाही

चीनले नेपाली भूमि हडप्यो, भवन बनाएको क्षेत्र नेपालकै हो: कांग्रेस नेता शाही
+
-

सिमकोट– नेपाली का‌ंग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चामा चीनले भवन निर्माण गरेको स्थान नेपालकै भएको बताएका छन्।

सीमा स्तम्भ अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरी नेतृत्वको टोली सदरमुकाम सिमकोट फर्केपनि औपचारिक रुपमा केही जानकारी नगराइरहेका बेला नेता शाहीले पहिलो पटक उक्त विवादित भूमिका बारेमा बोलेका हुन्।

नेता शाहीले प्रमुख जिल्ला अधिकारीको टोली फिर्ता आएपछि सत्यतथ्य थाहा होला भन्ने सोचेको भए पनि त्यसबारेमा कुनै जानकारी नपाइनुले शंका गर्ने ठाउँ देखिएको बताए। २०६६ सालमा नेपालले नेपाल–चीन सीमाना ग्याक्पु दोचासम्म सडक निर्माण गरेको स्मरण गर्दै सो क्षेत्रभन्दा यता नेपालपट्टी ललुङजोङमा चीनले भवन बनाएको उनले दावी गरे।

सुरुमा दुई वटा भवन बनाइएको र त्यसको लिमीबासीले विरोध गरेपछि चिनियाँ पक्षले भवन दुवै पक्षले प्रयोग गर्ने भनेर स्थानीयलाई आश्वासन दिएको उनले बताए। ‘नेपाली भूमि ग्याक्पु दोचासम्म नभएको भए उतिखेर चीनले नेपाली पक्षलाई सडक निर्माण गर्न किन दियो?’, उनले प्रश्न गरे।

अहिले आएर नेपाली भूभाग चीनले हड्पेको बताउँदै कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेतासमेत रहेका उनले यसको व्यापक विरोध गर्नुपर्ने बताए। उनले भने, ‘चीनको यो विस्तारवादलाई सहेर बस्न सकिन्न। यसलाई राष्ट्रिय मुद्दा बनाउनु पर्छ।’

लाप्चा क्षेत्रको त्यत्रो पाटन चीनले लिए लिमीमा मानिस बस्न र पशुपालन गर्न समेत नसक्ने उनको भनाइ छ। जिल्लास्थित राजनीतिक दलहरु र जनप्रतिनिधिहरुले यस विषयमा शनिबार पत्रकार सम्मेलन गर्दैछन्।

अनुगमन टोलीको प्रतिवेदन आफूले सार्वजनिक गर्न नसक्ने र जिल्लाबाट पठाएकोले त्यसबारेमा सरकारले निर्णय गर्ने प्रजिअ गिरीले बताउँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?