हुम्लामा सर्वदलीय बैठक, चीनले भवन बनाएको विषयमा थप अध्ययनका लागि विज्ञ टोली पठाउन माग

हुम्लामा सर्वदलीय बैठक, चीनले भवन बनाएको विषयमा थप अध्ययनका लागि विज्ञ टोली पठाउन माग
+
-

सिमकोट– शनिबार बसेको सर्वदलीय बैठकले विज्ञ टोली हुम्ला पठाएर नेपाल र चीनको सीमाना लाप्चा क्षेत्रमा देखिएको सीमा विवादलाई समाधान गर्न संघीय सरकारसँग आग्रह गरेको छ।

नेपालीले लामाे समयदेखि भाेगचलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले स्थलगत रुपमा त्यसको अध्ययन गरी समस्या समधान गर्न आग्रह गरेको हो।

बैठकले ग्याक्पु दोसायता ललुङजोङमा भवन बनाएको स्थान सीमा स्तम्भ १२ नम्बर नजिक रहेकोले सो कुरा स्पष्ट गर्नका लागि नेपाल सरकारलाई सीमा हेर्ने विज्ञ टोली पठाएर विवादलाई दिर्घकालीन समधान गर्न आग्रह गरेको छ।

संघीय सांसद छक्कबहादुर लामा र कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको उपस्थितिमा बसेको बैठकले हाल चीनले भवन बनाएको क्षेत्रभन्दा डेढ किलो मिटर परबाट नेपाली पक्षले २०६६ सालमा सडक निर्माण गर्दा चिनियाँ पक्ष मौन बसेको स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन्।

नाम्खा गाउँपालिका वडा नम्बर ४ र ६ का बासिन्दाहरुले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको, हुम्लावासी र चिनियाँ पक्षले व्यापार गर्ने स्थान परेको, चिनियाँ पक्षले सो भुमिमा चरिचरन गरेबापत कर तिर्ने गरेको लगायतको अवस्थालाई हेर्दा सो क्षेत्र नेपालकै हुनुपर्ने दावी स्थानीयको छ।

संघीय सांसद लामाले प्रकृयागत रुपमा सीमा हेर्ने विज्ञ टोली जिल्लामा ल्याउनका लागि पहल गर्ने बताए। बैठकमा नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कांग्रेस  जिल्ला सभापति जयपति रोकाया, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरजंग शाही लगायको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?