लुटको खेती!

लुटको खेती!
+
-

हारेर जित्नू

उल्टाे पाे सुनिएछ

दाैरा सिइयाे ।

 

दाैराकाे तुनाे

अदालतमा फुत्क्याे

बाँधु कि खाेलुँ ।

 

बाँधिएका छाैँ

सत्ता दाम्लाेले कस्छ

घाँटी निचाेर्छ ।

 

घाँटी र मुख

बन्द हुँदै जाँदा त

भाेक मरेछ ।

 

भाेक- उखान

आँशु अनि सम्वृद्धि

लुटकाे खेती !

 

खेती मुखिया

पाँच छाक ख्वाउने

सपना बाँड्छ ।

 

सपना बेच्दै

कुर्सी हुत्याइसक्छ

सत्ता डकार्छ ।

 

उता गाउँमा

निउराे बेच्नेलाई

करकाे काेर्रा !

 

काेर्रा लाउने

उखान सिक्दै हाेलान्

अर्थ बिर्सेर ।

 

बिर्सनु नै छ

अभ्यागत आतङ्क

तिक्त समय !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?